२०८१, ११ बैशाख मंगलबार

प्रभा मावि विवादको भित्री कथा, विकास नचाहानेले छरेको भ्रम

प्रभा मावि विवादको भित्री कथा, विकास नचाहानेले छरेको भ्रम


२० वर्ष पछि स्थानिय निर्वाचन भयो निर्वाचनले जव हामीलाई निवार्चित गर्याे सिङ्गो वडा समितिले हाम्रो देउराली राम्रो देउराली भन्ने नारा अघि सार्याे । नारामात्र होइन हामीले तुरुन्तै कामको सुरुवात पनि गर्याे । हाम्रो वडाका जनता खानेपानी विना छटपटाएका थिए २ वर्ष सम्म अन्योलमा रहेको चौरीखोला पाथिभरा लिफ्टीङ अगाडि वढाउन हामीले निरन्तर लागि पर्याे । जेरो लेबलमा रहेको खानेपानी आज देउराली वजार लगायत वडाको हरेक जनताको घर घरमा धाराको पानि पुगेको छ । चौरी खोलाको पानि आज सुनकोशी छेउ आरुवोट पुग्दैछ ।

आज हामीले केही गरेनौ रे दुःख लाग्छ । देउराली बजार मा पुरै हिलो थियो सोलिङ्ग ग¥यौं खानेपानिको अभावमा जनता छटपटाइरहेका थिए । घाँटि सुकेको थियो महिला दिदी वहिनीहरु एक गाग्रो पानीका लागि आधारातमा उठ्नुहुन्थ्यो आज जनताको घरघरमा धाराको पानिको व्यवस्था गरेका छौं । सुकेको घाँटि रसाएका छन् । आशा पलाएको छ, आज देउराली वजारको मुहार फेरिएको छ । हामीले NCC Bank स्थापना गरेका छौं । बजारमा व्यापार वढेको छ । तर हामी खुशी छौं तर व्यापारी हाम्रो विरुद्धमा छन् हामी आउनुभन्दा पहिले वजार एरिया काकलकुइ थियो । खानेपानीको लागि देउराली वजार छटपटाइरहेको थियो । सौचालयमा पनि मिनरल वाटर प्रयोग गर्नुपर्ने अवस्था थियो त्यस्तो अवस्थामा हाम्रो नै पहलमा रुम्टो, सोलार लित्थीङ कार्यक्रम ल्यायौ, वजार र स्वास्थ्य चौकीलाई पानी खुवाउने काम गर्याे आज कोशीपारीकै नमुना एैतिहाँसिक मन्दिर निर्माणको काम अगाडि वढेको छ ।

प्रदेश सरकार लगायत यो मन्दिर निर्माणको लागि हामीले नै ठूलो पहल गरिरहेको छौं । यस काममा कम्यिुनिष्ट आन्दोलनका स्थानिय अगुवा सवैको महत्वपूर्ण भूमिका छ । २०१० सालमा स्थापित प्रभा मा.वि.को भौतिक पूर्वाधार कुन अवस्थामा थियो र आज कुन अवस्थामा छ हाम्रो नै पहलमा प्रभा माविको स्वरुप परिवर्तन गरेका छौं र शिक्षा विकाश वारे हामीले गम्भिर ढङ्गले सोचिरहेका छौं । आधुनिक २१ ऋौं शताव्दिका भवन वनेका छन् शिक्षालाई पनि एक्काइसौं शताव्दिको शिक्षा वनाउने वारेमा हामी निरन्तर छलफलमा छौं ।

अनि हामीले राम्रो गरेनौ रे दुख लाग्छ, पाथिभरा मन्दिर देखि देउराली सम्म पर्यटक पदमार्गको काम अगाडि वढाइरहेका छौं । आरुवोटमा वुद्धको मूर्ति यसै वर्ष निर्माण गर्दै छौं । ज्यामिरेमा माहा विष्णुको मन्दिर यसै वर्ष निर्माण गर्दै छौं । धार्मिक दृष्टिकोणले कोशीपारीकै धार्मिक धरोहर को रुपमा हाम्रो देउराली राम्रो देउरालीलाई वनाउने तयारी मा छौं ।

चापे खोला तित्थीङ खानेपानी कार्यक्रम हाम्रै पहलमा गर्याै । देउराली वजारलाई शुन्दर र आकर्षक वनाउनलाई ढल विकास र नाला काट्ने कार्यक्रम अगाडि वढाइरहेका छौं । जखाडि देखि देउराली हुदै वोक्से सम्मको वाटो कटिङ कार्य तिव्र गतिले अगाडि वढिरहेको छ । भुकप्पका घरहरु झण्डै ८० प्रतिशत वनिसकेका छन् सडक वोर्ड नेपालवाट सडक निर्माण गर्ने काम विभिन्न साना साना पोखरी निर्माण गर्ने काम मसानी पार्टिहरु वनाउने काम टोल टोलका साना साना वाटाहरु निर्माण गर्ने काम कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्ने काम हाम्रो नै पहलमा भइरहेका छन् ।

भैंसी सुत्केरी भत्ता कृषक प्रोत्साहन कार्यक्रम, दलित उत्थानका लागि जुत्ता सिलाउने सिप विकास कार्यक्रम, कृषकहरुलाई विउ विजन वितरण कार्यक्रम, वृद्ध वृद्धाको लागि वृद्ध वृद्ध सम्मान कार्यक्रम अगाडि वढाएका छौं । म दावीका साथ भन्न चाहन्छु हामीलाई जथाभावी भनी वजारमा वसी वडा कार्यलय, पालिका लगायत पधाधिकारीहरुको विरोध गरि हिड्नेहरुलाई चुनौति दिन चाहन्छु । हामीले के के ग¥यौं हाम्रो पहलमा विकास निर्माणका काम के के भए र आज के भईरहेको छ ।

आज कोशीपारीकै आम कृषकहरुको लागि कृषी उपज केन्द्र निर्माणको लागि वडा कार्यालयकै पहलमा कृषि संकलन तथा उपज केन्द्र निर्माण हुदै छ यस वहुवर्षिय कार्यक्रम झण्डै ३ करोड ५० लाखको कार्यक्रम थियो उक्त कार्यक्रम ले हाम्रो देउराली राम्रो देउराली वनाउने अभियानमा महत्वूर्ण भूमिका खेल्ने थियो । कृषकहरुको आयआर्जन वढ्ने थियो यस्तो महत्वपूर्ण कार्यक्रम विरुद्ध मुद्धा हाली आज हामीलाई दुख दिइरहेका छन् ।

यस वहुवर्षिय कार्यक्रम यहि मुद्धाको कारण रोकिएको छ । कोल्डस्टोर नवन्ने भएको छ । ३ करोड ५० लाख मध्ये मात्र १ करोड २५ लाख मात्र आउने भएको छ, यो कार्यक्रम विरुद्ध लाग्नेहरुको लागि अव के गर्ने हामी गम्भिर भएर सोचौं विकास निर्माणमा ध्यान दिउँ हाम्रो होइन राम्रोलाई रोजौं वडालाई वद्नाम गर्नलाई होइन विकास निर्माणमा हामी सबै एकजुट भएर अगाडि वढौं तब मात्र हामी सवैको साझा चाहना हाम्रो देउराली राम्रो देउराली निर्माण गर्न सक्छौं ।

 

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार  ८ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने