JavaScript must be enabled in order for you to see "WP Copy Data Protect" effect. However, it seems JavaScript is either disabled or not supported by your browser. To see full result of "WP Copy Data Protector", enable JavaScript by changing your browser options, then try again.
Logo

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनदा हुने फाईदाहरु



काठमाडौं १९ भदौ : प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ ।

तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन्।खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ। बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ।

हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्‍याइरहेको हुन्छ।यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन।

अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ।यस्तो अवस्थामा बेसारले एउटा औषधीको काम गरेको हुन्छ। यस्तो शक्तिशाली खान्की बेसारले सौन्दर्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।छालाको समस्याका लागि बेसार अचुक अौषधि नै मानिन्।बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ।

बेसारबाट हुने फाइदाहरु
बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।

बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।

बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।

४‍ बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।

नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।

शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।

७‍ नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।

नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।

(एजेन्सीको सहयोगबाट)

प्रतिक्रिया दिनुहोस्

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ३२ हजार परीक्षार्थी सहभागी

काठमाडौं, ९ मंसिर :  कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि शुरु हुँदैछ । परीक्षामा

परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह : कक्षा १२ को परीक्षाको तयारी पूरा

काठमाण्डौ ७ मंसिर  :  कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय

डाँडापारीको खानीखोलाका सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना

डाँडापारी २७ कार्तिक :  काभ्रेको विकट डाँडाँपारी क्षेत्रमापर्ने खानिखोला गाँउपालिकाको ६ ओटा विद्यालयमा कम्प्युटर ल्याब

धुलिखेल नगरपालिकाद्वारा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई

धुलिखेल, २६ कात्तिकः धुलिखेल नगरपालिकाले सुबिधा सहित सेवा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई

धुलिखेल २ रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

धुलिखेल, २३ कात्तिकः भुकम्पमा क्षति पुगेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा रहेको सेतीदेवी माविको

काभ्रेको महाभारत गाउँपालिकाको शिक्षामा मनलाग्दी, काम नगर्नेलाई पुरस्कार, काम गर्नेलाई सरुवा

धुलिखेल, २१ कातिकः काभ्रेको अति दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले शिक्षा क्षेत्रमा मनलाग्दी गर्न थालेको