२०८१, १० बैशाख सोमबार

धुलिखेलका कामी सिं को हत्यामा संलग्न दुई युवा पक्राउ

धुलिखेलका कामी सिं को हत्यामा संलग्न दुई युवा पक्राउ


धुलिखेल, १६ साउनः जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामी सीं तामाङको हत्या गरेको आरोपमा २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २१ बर्षीय सन्जिव मैनाली र २३ बर्षीय रुपेन्द्रमान लामा रहेको काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।

कामी सिंको हिजो बिहान पाँचखाल नगरपालिका वडा नम्बर १० बेला स्थित बीपी राजमार्गको सहायक सडकमा लास फेला परेको थियो । रुपेन्द्रमान लामा वडा नम्बर ११ बाटै पक्राउ गरेका हुन् भने मैनालीलाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ०४ ढुङ्गेसाँगुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तामाङको शव लिएर मलामी गएको गाडी नमोबुद्धमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीरहेकाे प्रहरीले जनाएकाे छ । घाइते सबैकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ८ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने