२०८१, १० बैशाख सोमबार

काभ्रेमा एक युवतीमा कोरोना पुष्टि,वडा सिल

काभ्रेमा एक युवतीमा कोरोना पुष्टि,वडा सिल


धुलिखेल, २७ असारः काभ्रेमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ बुडोल की २४ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

ती युवतीकाे असार १९ गते स्वाब संकलन गरिएको थियो । २२ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । हाल उनलाई बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्यस मध्ये १० जना उपचारपछि घर फर्किएका छन् ।

यसैबीच कोरोना संक्रमित देखिएपछि बनेपा नगरपालिका वडा नम्बर ६ मा प्रवेश निषेध गरिएको छ । वडा कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै वडाभित्र प्रवेश गर्न रोक लगाएको हो ।

वडाध्यक्ष सचितानन्द केसीले आज एक सुचना निकालेर आवात आवाजमा पूर्ण रोक लगाएको बताउनुभयो । वडा कार्यालयले अरनिको राजमार्गको उत्तर तर्फ, शहिद मार्गको पश्चिम तर्फ, चण्डेश्वरी खोलाको पूर्व तर्फ र शहिद स्मारक क्षेत्रको दक्षिण खत्री गाउँ क्षेत्रमा अर्को सूचना जारी नहुदाँसम्म सिल गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  ५ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने