२०८१, १९ बैशाख बुधबार

रोशीमा ८०, पनौतीमा ७५, धुलिखेलमा ७२ प्रतिशत योजना सकियो

रोशीमा ८०, पनौतीमा ७५, धुलिखेलमा ७२ प्रतिशत योजना सकियो


धुलिखेल, १७ असारः काभ्रे जिल्लाका स्थानीय तहहरुमा अहिले चालु आर्थिक वर्षका विकास निर्माणको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण लक्ष्य अनुसार सबै स्थानीय तहले निर्धारण गरेका काम भने सक्ने अवस्था देखिदैँन ।

रोशी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७६÷७७ का लागि निर्धारण गरिएका मध्य ८० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । २० प्रतिशत योजना भने सम्पन्न हुने प्रक्रियामा नै रहेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

यसैगरी पनौती नगरपालिकाले ७५ प्रतिशत योजना सम्पन्न गरिसकेको छ । यसमा पुर्वाधारका कामहरु धेरै भएका छन् । चालु आर्थिक बर्षका लागि छुट्याइएको बजेट र योजना सतप्रतिशत सक्काउने योजना रहेको बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारिले बताए ।

धुलिखेल नगरपालिकामा ७२ प्रतिशत योजनाको भुक्तानी भैसकेकोे छ । पालिकाले ८५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लक्षित वर्गका कार्यक्रम भने सीमित मात्रमा भएको पालिकाका प्रशासकिय अधिकृत तारानाथ लुइटेलले बताए । उनका अनुसार पुर्वाधारको काम भने उत्साहजन रुपमा सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार  ८ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने