२०८१, १० बैशाख सोमबार

क्वारेन्टाइन ब्यबस्थापनमा उपमेयर नेपालकाे उदाहारणीय खटाइ

क्वारेन्टाइन ब्यबस्थापनमा उपमेयर नेपालकाे उदाहारणीय खटाइ


पहिला कमैलाई थाहा भएको भएपनि अहिले क्वारेन्टाइन के हो भन्ने करिब सबैलाई थाहा भएको छ । अहिले हरेक स्थानिय तहले आ–आफ्नो हिसाबले क्वारेनटाइनहरु बनाइरहेका छन् । कतिपय ठाउँमा क्वारेन्टाइन ब्यबस्थापनका लागि छुट्टै संयन्त्र परिचालन गरिएको पाहिन्छ भने कतिपय ठाउँमा निर्वाचित जनप्रतिनिधिहरु नै दिनरात नभनि क्वारेन्टाइन ब्यबस्थापनमा लागेका छन् । यसको गतिलो उदाहरण हो मेलम्ची नगरपालिका ।

मेलम्ची नगरपालिकामा रहेको क्षेत्रिय क्वारेनटाइनमा नगरपालिका आसपासका नगरपालिका सहित ४ वटा स्थानिय तहका शंकास्पद बिरामि राखिन्छ । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावति गाउँपालिका गरि चार वटा पालिकाका कोरोना भाइरस कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखा परेका , अन्य सक्रमण फैलिएको जिल्लाबाट आएका र छिमेकि मुलुक भारत लगाएत अन्य तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलाइ राखिन्छ ।


क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आंकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका आवास, होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुटाई तोकिएको स्थान वा घरमा कम्तिमा रोगलागे देखि रोगले लक्षण देखाउँदासम्मको अवधिसम्म छुट्टै राख्ने अवस्थालाई जनाउँछ । कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट शकास्पद व्यक्रिहरुलाई कम्तिमा १४ देखि १७ सुरक्षित र व्यवस्थित तरीकाले राख्ने व्यवस्थालाई क्वारेन्टाइनमा राखिएको हामी सबैलाई विदितै छ ।

तर, कोरोना अघि स्थानीय तहले यस्तो प्राविधिक विषयमा काम गरेका थिएन । त्यसैले एकदमै प्राविधिक विषय, क्वारेन्टाइन कसरी बनाइन्छ र कसरी चलाइन्छ? भन्ने ज्ञान थिएन। त्यसैले यो अवस्थाले प्रत्येक स्थानीय तह वा सके प्रत्येक वडामा जनस्वास्थ्य विज्ञको आवश्यकता भन्ने पाठ सिकाएको छ ।

नेपाल सरकारले जारी गरेको कोरोना भाइरस (कोभिड१९) क्वारेन्टाइन सम्बन्धी सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड अनुरुप काम होस भन्ने चाहेको छ । हो, नेपाल सरकारले हरेक पक्ष समेटेर सञ्चालन तथा व्यवस्थापन गर्न ७ पृष्ठ लामो मापदण्ड जारी पनि गरेको छ । कतिपय ठाउँहरुमा मापदण्ड एकातिर र बनेका क्वारेनटाइनहरु अर्कातिर छन् । त्यसको अनुगमनको पाटो कमजोर देखिएको छ । क्वारेन्टाइन ब्यबस्थापनको प्राबिधिक ज्ञान भएका जनप्रतिनिधि नभएपनि महामारी फैलिन नदिनका लागि गर्दै र सिक्दै अगाडि बड्नुको विकल्प छ्रन् ।

कोरोना महामारीकोे परिस्थितिमा पनि मेलम्ची नगरपालिकाको क्वारेनटाइन ब्यबस्थापनमा ब्यस्त उपमेयर भगवति नेपाल एतिबेला कोरोना सक्रमण आफ्नो पालिकामा भित्रिन नदिनका लागि अपनाउन पर्ने उपायहरु खोजिमै तल्लिन हुनुहुन्छ ।


सिन्धुपाल्चोकका नगर तथा गाउँपालिकाका धेरैजसो उपमेयर र उपप्रमुखहरु सरकारले जारी गरेको लकडाउनको सुरुको चरणदेखि नै घर बाहिर निस्केका छैनन् । अधिकांश उपमेयर र उप्रमुखलाई कारोना रोकथामको हरेक गतिविधिमा कमै देखिएका छन् । कतिपय गाउँपालिकाका अध्यक्षहरु नै उपप्रमुखको विषयमा जानकारी नै नभएको बताउँछन् । तर मेलम्ची नगरपालिकाकि उपमेयर भगवति नेपालभने फरक देखिनुभएको छ । विपद्को बेला कसरी काम गर्नेभन्ने गतिलो पाठ उहाँबाट सिक्न सकिन्छ ।


उपमेयर नेपाल भने कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँ नगरपालिकाको क्षेत्रीय क्वारेन्टइन निर्माण, व्यवस्थापन र कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा सुरुदेखिनै सहभागि हुनुहुन्छ । क्वारेनटाइन ब्यबस्थापनमा मात्र होइन नगरपालिकाका हरेक गतिविधिमा उहाँको भुमिका महत्वपुर्ण छ । नगरभित्रका महिलाको स्वास्थ्य अवस्था तथा कोभिडले नगरमा निम्त्याएका समस्याहरुको लेखाजोखामा समेत उपमेयरको सहभागिता छ । लामो समयदेखि समाजसेवामा लाग्दै अनुभव बटुल्दै संघर्ष गरेर आउनुभएका उपमेयरको जोश अझै युवा अवस्थाकै छ ।


कपाल फुलिसके, उमेर पनि पाको भइसक्यो । तर उहाँको काम गर्ने तरिकामा भने जोसिलोपन कायमै छ । उहाँ क्वारेन्टाइन व्यवस्थापन मात्रै होइन नगरपालिकामा आउने काममा दिनभर व्यस्त रहनुहुन्छ । महत्वपुर्ण र आफैले नगरि नहुने काममा मात्र आफ्नो कार्यालयमा आउने अन्य स्थानियतहका उपमेयर र उपप्रमुखहरुको लागि मेलम्ची नगरपालिकाकि उपप्रमुखको कामदेख्दा अफ्ट्यारो महशुस हुनुपर्ने हो । महिला र पुरुष बराबरी हुन् भनेर भनिरहँदा जनता कोरोना संक्रमणको सन्त्रासमा बसेकाबेला उपप्रमुखहरुको सक्रियता भने चित्त बुझ्दो छैन ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा कोरोना सक्रमणबाट पहिलो सुत्केरी महिलाको मृत्युभएपछि सिन्धुपाल्चोकमा कोरोना भित्रिएको पुष्टि भयो ,र त्यसपछि मेलम्चीमा ४ जनामा कारोना सक्रमण देखियो । मेलम्ची क्वारेन्टाइनमा रहेकामा कोरोना देखिएपछि सबैभन्दा पहिला तिनिहरुको ब्यबस्थापनका निम्ती उपमेयर नेपाल अघिसर्नुभयो । अहिले नगरपालिकामा २ वटा क्वारेन्टाइन छन् । क्षेत्रिय क्वारेनटाइन मेलम्चीमा र बैकल्पिक कवारेनटाइन बाहुनेपाटिमा ।

क्वारेन्टाइनमा रहेका सुत्केरी महिला र बच्चाका लागि थप खाना अन्र्तगत बिहान बेलुका एक एक गिलास दुध दिने गरेको उपमेयर नेपालले बताउनुभयो । त्यस्तै आइसुलेशनमा बसेका हरुलाइ शक्ति प्रर्दक आयुवेर्दिक औषधि खवाउने गरेको समेत उपमेयर नेपालले बताउनुभयो । महिलाहरुको लागि छुट्टै क्वारेन्टाइन बनाउन नपाएकोमा चिन्ता लागेको उहनन्ले सुनाउनुभयो ।

एक–दुई उपप्रमुख बाहेक जिल्लामा अन्यको सक्रियता न्यून छ । तर पनि जिल्लाको पाको उपमेयर नेपाल कार्यालय समयमा मात्र होइन साँझ विहान पनि काममै लागेको देख्दा सवैले खुशी मान्नुपर्छ । उहाँको काँधमा जति ठूलो जिम्मेवारी सुम्पिएको थियो व्यवस्थापनका लागि पनि त्यतिकै खटेको देखिएको छ । उहाँ क्षेत्रीय स्तरको क्वारेन्टाइन निर्माण समितिको संयोजक पनि हो । जस्तोसुकै समस्या आएपनि समस्या समाधानको लागि उहाँ तत्पर देखिनुहुन्छ ।

क्वारेनटाइनमा बसेकाहरुका लागि खाना खुवाउने कस्ले, उपमेयरलाइ नै चिन्ता छ । बत्ति बिग्रियो ,पानि आएन यस्ता अनेक समस्याहरु उपमेयर सँगै ठोकिन पुग्छन् । उहाँबाटै हुन्छ समाधानका कामहरु पनि । विभिन्न शाखाहरु त छन् नै तरपनि अग्रपंत्तिमा उपमेयर नै देखिन्छ । सुरु सुरुमा क्वारेन्टाइनमा बसेकाहरुलाइ खाना पकाउने मानिसहरु कोहि नपाउने गरेको उहाँले सुनाउनुभयो । बल्ल बल्ल कोहि भान्छे (खाना पकाउने ब्यक्ति) ल्याएपनि भाग्ने गरेको तर अहिले त्यस्तो समस्या नरहेको उपप्रमुख नेपालले बताउनुभयो ।


कोरोना संक्रमण नियन्त्रणका क्रममा नगरपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य परीक्षणमा महिलाहरुमा निकै समस्या देखिएको अनुभव उपमेयर नेपाल सँग छ । स्वास्थ्य अवस्था बुझ्ने क्रममा गाउँमा अहिले प्रजनन स्वास्थ्य, पाठेघरको समस्या र क्यान्सर पीडित महिला धमाधम भेटिएको समस्या सुनाउँदै उपचारको लागि आफुले पहल गर्ने उहाँले बताउनुभयो ।


कोरोना सक्रमितहरुलाइ हाइ गर्दा होस या बाइ गर्दा उपमेयर नेपाल आँफै पुग्नुहुन्छ । अलि अगाडि उपमेयर सँग क्वारेन्टाइन पुग्दा क्वारेन्टाइनमा बसेकि सानि बालिकाले “आमा” भनेर बोलाउँदा लाग्यो क्वारेन्टाइनमा पनि घरमा जस्तै वातावरण छ । घरका अन्य सदस्यसँग पटक्कै न्यास्रिएकि थिइनन् ति बालिका किनकि उनले आफ्नो आमा बाट पाउने जस्तै माया उपमेयर बाट पाएकि थिइन् ।


हस्पिटलमा आइसोलेसन राख्ने हल्ला भएपछि कोरोना संक्रमण हुने भयले गर्भवतीहरु घरमा नै बच्चा जन्माउन थालेको खबर पाउनासाथ उहाँले हस्पिटलमा रद्द गरेर नगरपालिकाको भवनमा नै आइसोलेशन बनाउने निर्णय नगरपालिकाले गरेकोे उपमेयर नेपालले बताउनुभयो ।

नगरपालिकाले दीर्घरोगीहरुलाई औषधि पनि वितरण गरेको छ । कतिपय पालिकाहरुमा मेयर र उपमेयरको बोलचाल समेत नहुने गरेको छ । तर मेलम्चीमा भने मेयर र उपमेरको सम्बन्ध राम्रो छ । नगरपालिकामा हुने हरेक सानो सानो गतिबिधिमा समेत सल्लाह गरेर मात्र काम हुनेगरेको उपमेयर नेपालले बताउनुभयो । नगरको हरेक गतिबिधिमा जनप्रतिनिधिको साथ र सहयोगले नमुना नगरपालिका बन्नमा टेवा पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ८ : १४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने