२०८१, १४ बैशाख शुक्रबार

धुलिखेलको ऐसेलुखर्कमा कुखुरा बोकेको गाडीमा लुटपाट, एक जना पक्राउ

धुलिखेलको ऐसेलुखर्कमा कुखुरा बोकेको गाडीमा लुटपाट, एक जना पक्राउ

घटनाका मुख्य दोषिहरु भने फरार


धुलिखेल, २७ जेठः धुलिखेल नगरपालिका वडा नम्बर ३ को ऐसेलुखर्कका स्थानीयले कुखुरा बोकेको गाडीमा लुटपाट गरेका छन् । प्राप्त विवरण अनुसार वडा नम्बर २ को चक्लेटी स्थित गंगा जमुना पोल्टी फार्मबाट कुखुरा लिएर धुलिखेल तर्फ आउँदै गरेको बोलेरोमा स्थानीयले लुटपाट गरेका हुन् ।

धुलिखेल–रविओवी–देविटार जाने कच्ची सकड खण्डको ऐसेलुखर्कमा स्थानीय युवा र महिलाले गाडी रोकेर ३८ वटा कुखुरा लुटेको बताइएको छ । लुटपाटमा संकलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय धुलिखेलले अनिल तामाङलाई पक्राउ गरेको छ । तामाङलाई ५ वटा कुखुरा सहित नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

अघिल्लो दिन फाम सञ्चालक र स्थानीय केहि ब्यक्ति बीच सामान्य विवाद भएको थियो । त्यसैलाई आधार बनाएर स्थानीयले बाटो छेकेर लुटपाट गरेको भन्दै कुखुरा फार्म सञ्चालकले कारबाहीको लागि प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । घटनाका मुख्य दोषिहरु भने फरार रहेको जनाइएको छ । ‘घटनामा संलग्नहरुको खोजी भइरहेको छ, डिएसपी थापाले भने ‘कति जना संलग्न छन् भन्ने बारेमा अध्ययन भरहेको छ ।’

फाम सञ्चालकले घटनामा संकलग्नहरुलाई छलफलका लागि बोलाउँदा समेत नआएपछि कारबाहीका लागि प्रहरीमा जाहेरी दिइएको बताइएको छ । स्थानीयहरुले बोलेरका चालकलाई समेत कुटपिट गर्ने धम्की दिएका थिए । तर हातपात भने नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  १ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने