२०८१, २० बैशाख बिहीबार

धुलिखेलका मेयर र उपमेयर बिषादी लिएर पुगे किसान भेट्न

धुलिखेलका मेयर र उपमेयर बिषादी लिएर पुगे किसान भेट्न


धुलिखेल, २६ जेठ : धुलिखेल नगरपालिका मेयर अशोक ब्याञ्जु र उपमेयर बिमला शर्मा अमेरिकन फौजी किराले आक्रान्त बनेका किसानलाई भेट्न पुगेका छन् । उनीहरुले सोमबार वडा नम्बर ९ काभ्रेभञ्ज्याङ क्षेत्रका किसानहरुसँग भेटघाट गरेका हुन् ।

नगरपालिकाको कृषि शाखाले केहि दिनअघि वडा नम्बर ८ बडाल गाउँबाट अमेरिकन फौजी किरा नियन्त्रणका लागि निःशुल्क विषादी वितरण थालेको छ । मेयर श्रेष्ठ र उपमेयर शर्मा पनि किसानलाई भेट्न विषादी लिएर पुगेका हुन् । वडा नम्बर ९ का ३ सय किसानलाई विषादी वितरण गरेको मेयर ब्याञ्जुले जानकारी दिए । उनीहरुले किसानसँग छलफल समेत गरेका छन् ।

नगरपालिकाले यस अघि वडा नम्बर १, २, ६, ८ र ११ का किसानलाई पनि विषादी वितरण गरिसकेको छ । हाइब्रिड जातको मकैमा अमेरिकन फौजी किराले आक्रमण गरेपछि किसानहरु चिन्तित बनेका छन् । मेयर ब्याञ्जुले नगरपालिकाले किसानलाई किङ्स्टार नामको विषादी हस्तान्तण गरेका थिए । किसानले मेयरसँग आगामी आर्थिक वर्षमा किसानका लागि नयाँ नयाँ योजना ल्याउन आग्रह गरेका थिए । जवाफमा मेयर ब्याञ्जुले कृषि क्षेत्रको विकासका लागि बार्षिक १ करोड बजेट विनियोजन गरेको भन्दै कृषि मैत्री सहर बनाउने उद्देश्य सहित कृषि रणनीति बनाएर लागु गरिएकाले किसानको समस्या समाधान गर्न नगरपालिकाले लागि परेको बताए ।

नगरपालिकाको कृषि शाखाले हरेक किसानको तीन रोपनी क्षेत्रफल जमिनमा पुग्ने गरी निःशुल्क विषादी वितरण गरिरहेको शाखा प्रमुख मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिए । ‘हामीले प्रत्येक किसानलाई तीन रोपनी क्षेत्रफल जमिनमा पुग्ने गरी निःशुल्क विषादी वितरण गरेका छौँ, शाखा प्रमुख श्रेष्ठले भने ‘यो बिषादीको नतिजा सकारात्मक देखिएको छ, किसानबाट गुनासो आएको छैन ।’

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ६ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने