२०८१, ११ बैशाख मंगलबार

धुलिखेलका युवाहरुले भने ‘रुकुम घटनाको दोषिलाई तत्काल कारबाही गर’

धुलिखेलका युवाहरुले भने ‘रुकुम घटनाको दोषिलाई तत्काल कारबाही गर’


धुलिखेल, २२ जेठः धुलिखेलका युवाहरुले रुकुम घटनाका दोषिलाई तत्काल कारबाही गर्न माग गरेका छन् । स्थानीय युवा सीबी तामाङको अगुवाइमा भेला भएका युवाहरुले घटनालाई निन्दनीय र दण्डनीय रहेको भन्दै छानविन गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

जातिय हिंसा विरुद्धको विभिन्न प्लेकार्ड बोकेर युवाहरुले विरोध जनाएका हुन् । विरोध कार्यक्रममा प्रो राईडर समूहको पनि उल्लेखिय सहभागिता रहेको थियो । जातियताको नाममा हुने कुनै पनि हिंसा युवा पुस्तालाई स्वीकार्य नहुने युवा सीबी तामाङले बताए । ‘समाजमा जडकिएर बसेको जातिय विभेदलाई युवा पुस्ताले चिर्नुपर्छ, तामाङले भने ‘यो समाज रुपान्तरणको बाधक हो, यसलाई चिर्न युवाहरुले विशेष भुमिका खेल्नुपर्छ, आफ्नो घर, टोल, छरछिमेकमा जातियता विरुद्धको गतिविधि सञ्चालन गर्न आवश्यक छ ।’

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यस बेला केटी लाने पक्ष नवराज विकको समूहलाई कुटपिट गरको थिए उक्त घटनामा ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ७ : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने