२०८१, ९ बैशाख आईतबार

धुलिखेलमा खानेपानीको चरम समस्या

धुलिखेलमा खानेपानीको चरम समस्या

भिषण बर्षापछि धुलिखेलमा खानेपानी हाहकार


धुलिखेल, २२ जेठः बाढीले बगाएको पाइप अझै जडान नहुदाँ काभ्रेको सदरमुकाम धुलिखेलमा खानेपानीको चरम हाहारका मच्चिएको छ । जेठ १४ गते पनौती क्षेत्रमा भिषण बर्षापछि आएको बाढीले धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो ।

खानेपानीको पाइप राखिएको जमिन समेत बाढी बगाए थियो । धुलिखेल खानेपानी उपभोक्ता समितिले बाढीले बगाएको ठाउँमा मर्मत काम जारी रहेको बताएको छ । तर एक साता बितिसक्दा पनि मर्मतको काम नसकिएपछि धुलिखेलमा खानेपानीको चरम समस्या सिर्जना भएको हो ।

बाढीले पनौती स्थित बाँसडोल खोलामा धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो । पनौती नगरपालिकाको वडा नम्बर १२ कलाती भूमिडाँडाबाट ल्याएको पानीको पाइप बाढी बगाएको हो । एकसाता बितिसक्दा पनि नियमित पानी आउन छोडे पनि उपभोक्ताहरुलाई विभिन्न संघसंस्थाले पानी वितरण गर्न थालेका छन् ।

बाढीले गेटपोलमा समेत क्षति भएकाले तत्काल धुलिखेल स्थित मुख्य ट्याङकीमा खल्सान समस्या भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले बताए । गेटपोल नयाँ फेर्नका लागि प्राविधि टोली पठाइसके उनले बताए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ८ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने