२०८१, ११ बैशाख मंगलबार

पाँचखालमा बृहत खानेपानी आयोजनाको ठेक्का स्वीकृत

पाँचखालमा बृहत खानेपानी आयोजनाको ठेक्का स्वीकृत


धुलिखेल, १३ जेठः खानेपानीको चरम अभाव झेल्दै आएको पाँचखालमा बृहत खानेपानी आयोजना सञ्चालन गर्ने ठेक्केदारको टुंगो लागेको छ । बृहत सुनकोशी खानेपानी आयोजनाको ठेक्का स्वीकृत भएर निर्माण ब्यवसायी समेत छनौट भएको मेयर महेश खरेलले जानकारी दिए ।

ठेक्का स्वीकृत भएसँगै अब छिट्टै आयोजनाको काम अघि बढ्ने मेयर खरेलले बताए । उनका अनुसार मंगलबार आयोजनाको ठेक्का स्वीकृत भएको हो । ‘पाँचखालका नागरिकका लागि यो एउटा ऐतिहासिक दिन हो, मेयर खरेलले भने ‘अब छिट्टै पानीको समस्याबाट हामी मुक्ति पाउने छाैँ ।’

एशियाली विकास बैंक (एडिपी) र नगर विकास कोषको ऋण सहयोगमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनामा कुल लागतको ५ प्रतिशत रकम उभोक्ताले सहयोग गरेका छन् । २ अर्ब २० करोड लागतमा सुनकोशी बृहत खानेपानी आयोजना निर्माण पुरा हुनेछ ।

खानेपानी आयोजना साढे २ बर्षभित्र सकिने मेयर खरेलले जानकारी दिए । सुनकोशी नदीको बिमिरे भन्ने ठाउँबाट लिफ्ट गरेर ल्याएको पानी पलाञ्चोक भगवती मन्दिर आसपास बन्ने मुख्य ट्याङकीमा खसालिने छ । त्यसपछि पानी वितरणको काम सुरु हुनेछ ।

नगरपालिकाको वडा नम्बर १, ५ र १३ नम्बर वडा बाहेकका सबै वडाका नागरिकको घर–घरमा बृहत खानेपानी आयोजनाको पानी पुग्नेछ । १३ नम्बर वडामा भने खानेपानी आयोजनाको काम लगभग सकेर घर घरमा पानी पुगेको सकेको मेयर खरेलले बताए । ‘यो आयोजना स्वीकृत हुदाँसम्म जहाँबाट जस जसले सहयोग गर्नुभयो उहाँहरु सबैलाई धेरै धन्यवाद, मेयर खरेलले भने ‘अहिले जसरी सहयोग गरिरहनुभएको छ, आयोजना नसकिदासम्म पनि सहयोगका अपेक्षा गरेको छु ।’

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ६ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने