२०८१, ११ बैशाख मंगलबार

भुम्लु गाउँपालिका-६ का वडाध्यक्ष माथि आक्रमण

भुम्लु गाउँपालिका-६ का वडाध्यक्ष माथि आक्रमण


धुलिखेल, १० जेठः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ का भरत बहादुर शिवभक्ति माथि आक्रमण भएको छ । वडाध्यक्ष शिवभक्ति माथि चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीका युवाहरुले आक्रमण गरेका हुन् ।

स्थानीय खहरे खोलामा ब्याट्री प्रयोग गरेर माछा मार्न लागेका युवाहरुले अध्यक्ष माथि आक्रमण गरेका हुन् । युवाहरुको आक्रमणबाट वडाध्यक्ष शिवभक्तिको बायाँ पातामा चोट लागेको प्रहरीले जनाएको छ । खोलामा ब्याट्री प्रयोग गरेर माछा नमार्न आग्रह गर्दा आफु माथि युवाहरुले आक्रमण गरेको वडाध्यक्ष शिवभक्तिले बताए । वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइदैँ छ । प्रहरीले आक्रमण संकलन १० जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चौरीदेउराली वडा नम्बर ८ बिर्ताका २२ बर्षीय सिताराम माझी, २० बर्षीय निरज माझी, २० बर्षीय रविन माझी, १८ बर्षीय सागर माझी, २२ बर्षीय जीवन माझी, १९ बर्षीय प्रविन माझी लगायतका रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइदैँछ । घटनामा संलग्नलाई कानुन बमोजिम कारवही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौडयालले बताए ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ६ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने