२०८१, १४ बैशाख शुक्रबार

काभ्रे उच्च जोखिममा, स्वास्थ्यकर्मीलाई घर र छिमेकमा निषेध !

काभ्रे उच्च जोखिममा, स्वास्थ्यकर्मीलाई घर र छिमेकमा निषेध !


धुलिखेल, ९ जेठः काभ्रेमा अहिले आरडिटी विधि मार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको कोरोना परीक्षण भइरहेको छ । विभिन्न नगरपालिकाहरुमा सरसफाई गर्ने कर्मचारीको पनि परीक्षण गरिएको छ । आरडिटी परीक्षण दायरा बढेसँगै कारोना भाइरस पोजेटिको संख्या पनि ह्वात्तै बढेको छ । जिल्लामा लकडाउनको सुरुवाति चरणमा विदेशबाट फर्किएकाको मात्रै परीक्षण गरिएको थियो ।

काभ्रे जिल्लामा लकडाउन पालना गर्ने मामिलामा समेत निकै हेलचेक्रयाइँ भएको जिल्ला कमाण्ड पोष्टले निष्कर्ष निकालेको छ । दुईवटा राष्ट्रिय राजमार्ग भएकाले पनि काभ्रे जिल्ला थप जोखिममा रहेको हो । यी राजमार्ग भएर लकडाउनमा पनि मानिसको आवतजावत रोकिएको छैन ।

सुरक्षाकर्मीले जत्तिकै कडाइ गरेपनि राजमार्ग आसपास होटल र पसल खोलेर सेवा दिइरहेका छन् । ढुवानीको नाममा समेत नागरिकहरुको आवतजावत अस्वाभाविक रुपमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले बताए ।

त्यस कारण काभ्रे जिल्लाका नागरिक जति सुरक्षित भएपनि राजमार्ग प्रयोग गर्नेहरुले होटल र पसलमा किनमेल गरेका कारण जिल्ला असुरक्षित बनेको हो । त्यस्तै सुरुवाती अवस्थामा पैदल हिड्दै घर जानेहरु समेत काभ्रे हुदैँ गएकाले पनि काभ्रे जिल्ला संक्रमितको उच्च जोखिममा परेको हो । अहिले राजधानीमा भेटिएका प्रायः जसो संक्रमित मध्ये अधिकांश काभ्रे हुदैँ काठमाण्डौ प्रवेश गरेको पाइएको छ । जिल्लामा अहिले परीक्षणको दायरा पनि निकै बढाइएको छ । त्यसैले संक्रमितको संख्या बढ्ने डाक्टर झाले बताए ।

स्वास्थ्यकर्मी र सुरक्षा कर्मीलाई घरमा निषेध
जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्स, हेल्थ अस्सिटेन, पारा मेडेसियन र अन्य कर्मचारीलाई घरधनी र छिमेकीले निषेध गरेको घटना बाहिर आउन थालेको छ । धुलिखेल अस्पतालकै डाक्टर र कर्मचारीले समेत यस्तो समस्या झेलिरहेको पाइएको छ । त्यस्तै मेथिनकोट अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र सहितका स्वास्थ्य संस्थाका कर्मचारीले भयरहित वातावरणमा आफ्नो कोठामा बस्न नसकेको पाइएको हो ।

कोठामा बस्नेलाई घरधनीले तपाई नआउनुस भन्ने र घरभएकालाई टोल, छिमेकका मान्छेहरुले निषेध गर्न खोजेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए । ‘पछिल्लो समय स्वास्थ्य कर्मीलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ, हाम्रो आग्रह छ, त्यस्तो नगरिदिनुस, डाक्टर झाले भने ‘मानवीयता सबैले कायम गर्नुपर्छ, यस्तो बेला स्वास्थ्यकर्मीहरुको झन हौसला बढाउनुपर्छ ।’

अस्पताल गएका गाउँ प्रवेशमा रोक
एउटा वडाको विरामी अर्को वडाको क्वारेन्टाइनमा राख्नु पर्यो भने समेत नदिने गरेको पाइएको छ । सामान्य ज्वरो वा अन्य कुनै कारण अस्पताल गएको जानकारी पाउन साथ छिछि, दुदुर गर्ने गरेको समेत घटना भएको डाक्टर झाले बताए ।

निषेध गर्नु भन्दा बढी बिरामी भै हाले कसरी उपचार गर्ने भन्ने तर्फ सहयोग गर्न डाक्टर झाले आग्रह गरे । निर्णयकर्ता जनता र जनप्रतिविधि भइदिदाँ पनि समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । गाउँ प्रवेशमा प्रतिबन्ध लगाउनु भन्दा क्वारेन्टानमा राख्ने र स्वास्थ्य कर्मीलाई खबर गरेर उनीहरुकै निगरानीमा परीक्षण गर्ने तर्फ सोच्न पनि डाक्टर झाले अनुरोध गरे ।

कतिसम्म भने अस्पताल गएकालाई अब फर्केर नआउनुसम्म भनेको पाइएको छ । यस्ता अमानविय कार्यको जिल्ला कमाण्ड पोष्टले घोर भत्र्सना गरेको डाक्टर झाले बताए ।

अमानवीय ब्यवहारको गुनासो उपर अनुसन्धान थालिएको र पुष्टि भए कानुन बमोजिम कारबाहि गरिने डाक्टर झाले बताए । ज्यानको बाजी राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु माथि अमानवीय ब्यवहार भयो भने त्यो सहन नसकिने उनले बताए । यस्तो कार्यले उपचारमा संलग्न ब्यक्ति मानसिक रुपमा कमजोर हुने भएकाले त्यस्ता गतिविधि नगर्न उनले सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  २ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने