२०८१, २७ बैशाख बिहीबार

पनौती नगरपालिकाको उदाहरणीय काम ‘सबै वडाका अतिविपन्नलाई राहत’

पनौती नगरपालिकाको उदाहरणीय काम ‘सबै वडाका अतिविपन्नलाई राहत’


धुलिखेल, २२ चैतः काभ्रेको पनौती नगरपालिकाले स्थानीय सरकारको असल अभ्यासको थालिने गरेको छ । नगरपालिकाले विश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीसँगै लकडाउनपछि उत्पन्न परिस्थितिका कारण मजदुर तथा अति विपन्न परिवारको पहिचान गरेको छ ।

बुधबार बसेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको आकस्मिक बैठकले हरेक वडाध्यक्षलाई आफ्नो वडाभित्र दैनिक ज्याला मजदुरी र विपन्न परिवारको तथ्याङ्क संकलन गर्न लगायो । नगरपालिका आफैले मापदण्ड बनायो । ४ जनासम्मका परिवार संख्या भएकालाई १० किलो, र ४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई १५ किलो चालमसहित १७ प्रकारका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने । सोहि निर्णय अनुसार नगरपालिका आफैले खरिद गरेर १ सय ३० जनालाई राहत उपलब्ध गराएको छ ।

शनिबार ७ नम्बर वडा बाहेक अन्य वडाहरुमा राहत सामग्री पुर्याएर वितरण गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । जिल्लामा लकडाउनपछि आफैले खरिद गरेर विपन्न नागरिकलाई राहत दिने पनौती नगरपालिका नै पहिलो बनेको छ । नगरपालिकाले राहत सामग्री खरिदका लागि सार्वजनिक रुपमा दरबाउ नै आह्वान गरेर खरिद गरेको हो । ३ लाखभन्दा बढीको राहत सामग्री खरिद गरिएको बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

विपद्का बेला असाहय, बृद्धबृद्धा र विपन्न परिवारप्रति नगरपालिकाले गरेको काम अन्य स्थानीय तहहरुका लागि समेत उदाहरणीय बनेको छ । नगरपालिकामा निर्वाचित भएर आए देखिनै जनमुखि काम गर्दै आएका मेयर भिमप्रसाद न्यौपानेले यो विपद्का बेला अर्को जनमुखि काम गरेर स्थानीयको मन जितेका छन् । राहतमा एकद्वार प्रणाली लागु गर्न फूड बैंक सञ्चालनमा ल्याइएको छ । सहयोगीहरुले यहि बैंक मार्फत सहयोग उपलब्ध गराउँदै आएका छन् । फूड बैंक ब्यवस्थापनका लागि छुट्टै समिति बनाइएको छ ।

हरेक वडामा अत्याश्वक वस्तुको सहज आपूर्तिका लागि सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा आपूर्ति समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  ७ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने