२०८१, १५ बैशाख शनिबार

पाँचखालका मेयर खरेल पुगे किसानलाइ ढाडस दिन खेतैमा

पाँचखालका मेयर खरेल पुगे किसानलाइ ढाडस दिन खेतैमा


धुलिखेल, २० चैतः पाँचखाल नगरपालिकाका मेयर महेश खरेल किसानको खेतमै पुगेको किसानसँग छलफल गरेका छन् । लकडाउनसँगै उत्पादन भएका तरकारी, दूध बजारमा लैजान समस्या भोगिरहेका किसानसँग मेयर खरेलले छलफल गरेका हुन् ।

ताजा तरकारी उत्पादनका हिसाबले बागमती प्रदेशकै अब्बल क्षेत्रमा पर्ने पाँचखालका किसान लकडाउनसँगै तकारी बजारमा पुर्याउन नसक्ने समस्या झेलिरहेका छन् । किसानको खेतमै पुगेका मेयर खरेलले तरकारी बजारसम्म पुर्याउन गर्नु पर्ने सबै सहयोग गर्न आफु तयार रहेको बताएका छन् । उनले पाँचखाल नगरपालिका किसानहरूकै साथमा रहेकाे समते बताए ।

मेयर खरेलले यो महामारी विश्वले नै झेलिरहेको भन्दै नआत्तिइ सामाजिक दुरी कायम गरेर आफ्नो दैनिक काम गर्न र उत्पादित सामान बजारसम्म पुर्याउन कुनै समस्या भए तत्काल खबर गर्न आग्रह गरे । ‘यो एउटा विषम परिस्थितिको हामी सामाना गरिहेका छौँ, किसानसँग मेयर खरेलले भने ‘हामी मिलेर नै यसलाई समाधान गर्ने हो, धेरै समुहमा नबिसिदिनोस्, दुरी कायम गरेर आफ्नो दैनिक काम पनि गर्नोस् ।’

मेयर खरेलका अनुसार तरकारी, दूध, खाद्यान्न ढुवानी गर्ने सबारीसाधनलाइ छुट्टै पासको व्यवस्था गरिएको छ । दूध संकलन गर्ने ठाउँमा दूरी कायम संकलन गर्न र सेनिटाइजर, मास्क लगायतका सामग्री बितरण गरिएको बताए । पाँचखाल नगरपालिकाबाट दैनिक ३५ प्रतिशत ताजा तरकारी राजधानी निर्यात हुने गरेको छ । आलु उत्पादनका हिसाबले पनि पाँचखाल जिल्लाकै उत्कृष्ट क्षेत्रभित्र पर्ने गरेको छ ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ८ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने