२०८१, १४ बैशाख शुक्रबार

बनेपामा लकडाउन उल्लंघन गर्नेलाइ धमाधम समाउँदै प्रहरी

बनेपामा लकडाउन उल्लंघन गर्नेलाइ धमाधम समाउँदै प्रहरी


धुलिखेल, २० चैतः बनेपा प्रहरीले बिहीबार लकडाउन उलंघन गर्दै हिड्ने करिब एक सय जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बनेपाले लकडाउनको दशैँ दिन अनावश्यक रुपमा हिड्डुल गर्नेलाई नियन्त्रणमा लिएको हो । काभ्रे प्रहरीले जिल्ला भरका आफ्नो युनिटलाई लकडाउनको उल्लंघन गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

नियन्त्रणमा लिएकालाई बनेपा बसपार्कमा राखिएको छ । उनीहरुलाइ लकडाउनका बेला गर्न हुने र नहुने कुरा जानकारी गराइने छ । त्यस्तै कोरोना भाइरसबाट जोगिने उपाय पनि सिकाइने प्रहरीले जनाएको छ । त्यस्तै उनीहरूकाे ज्वराेकाे समेत जाँच गरिएकाे छ ।

यसअघि मंगलबार जिल्लाभर १ सय ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उक्त दिन प्रहरीले बनेपाबाट मात्रै १ सय २२ जना नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सबैलाई पोलिटेक्निकलको खेलमैदानमा लगेर लकडाउनका बेला ख्याल गर्नुपर्ने कुरा र कोरोना भाइरसबाट जोगिने उपायका बारे ३ घण्टामा सम्म राखेर अब देखि अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्ने लिखित प्रतिबद्धता जनाएर छोडेको थियो ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  १० : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने