२०८१, १० बैशाख सोमबार

कोरोना भाइरसबाट ४७ हजारभन्दा बढीको मृत्यु, संक्रमित नौ लाख नाघे

कोरोना भाइरसबाट ४७ हजारभन्दा बढीको मृत्यु, संक्रमित नौ लाख नाघे


काठमाडौं, २० चैतः विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार संक्रमितको संख्या ९ लाख ३५ हजार ८१७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार २०८ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि ५ हजार ११६ पुगेको छ । त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने १३ हजार १५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार ३८७ पुगेको छ । त्यस्तै चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ८ : ५२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने