२०८१, १४ बैशाख शुक्रबार

चौरीदेउरालीका-५ का वडाध्यक्ष गौतमले गरे ९ जना मजदुरको उद्धार

चौरीदेउरालीका-५ का वडाध्यक्ष गौतमले गरे ९ जना मजदुरको उद्धार


धुलिखेल, १७ चैतः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार गौतम (आयुष) ले ९ जना मजदुरको उद्धार गरेका छन् । आफ्नै वडामा निर्माधिन चौरिखोला ढोकाडाँडा लिफ्ट खानेपानी आयोजनामा कार्यरत मजदुरहरुको उद्धार गरेका हुन् ।

पर्सा र मकवानपुरका ९ जना मजदुर करिब १ महिना अघि खानेपानीको काम गर्न पोखरी चौरी पुगेका थिए । निर्माण ब्यवसायले पछि हिसाब मिलान गर्ने गरी हाललाई घरसम्म पुग्ने सबै खर्च वडाध्यक्ष गौतमले गरेका हुन् । संञ्जिवनी निर्माण सेवा प्रा.लिले चौरिखोला ढोकाडाँडा लिफ्ट खानेपानी आयोजनाको जिम्मा पाएको थियो । ‘लकडाउन भएपछि सबै काम राकियो, घर परिवारबाट पनि छिटो आउन भनेपछि उनीहरु आत्तिरहेका थिए, वडाध्यक्ष गौतमले भने ‘आफ्नै ठाउँमा काम गरिरहेका मजदुरहरुलाई सहज रुपमा घर जाने वातारण मिलाइदिएको हुँ ।’

वडाध्यक्ष गौतम आफै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा आएर सवारी पास बनाइ मजदुरहरुलाई घरसम्म पुर्याउन वातावरण मिलाएका हुन् । उद्धार गरिएका मजदुरहरुमा पर्साका प्रेम बाबु शाह, सुनिल पासवान, राम बाबु पासवान, परपु पासवान, सुनिल मण्डल, र मन्दिप महतो छन् । त्यस्तै मकवानपुर राजन थिङ, गणेश नेपाली र मिलन घिमिरे रहेको वडाध्यक्ष गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  २ : ४७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने