२०८१, १० बैशाख सोमबार

कोरोना रोकथाम : काभ्रेका कुन पालिका के गर्दैछन ?

कोरोना रोकथाम : काभ्रेका कुन पालिका के गर्दैछन ?


  • मालती कुवँर

: विश्व अहिले कोरोना भाइसर विरुद्ध जुधि रहेको छ । संक्रमितको संख्या तेब्बरले बृद्धि भइरहेको छ । नेपालमा पनि संक्रमितको संख्या ५ पुगिसकेको छ । काभ्रे जिल्लामा ७ गाउँपालिका र ६ नगरपालिका गरी १३ वटा स्थानीय तह छन् । उनीहरुले यो विपद् विरुद्ध लड्न कसरी तयारी गरिरहेका छन् भनेर बुझ्ने कोशिस गरेकी छन्  ? 

बेथानचोक गाउँपालिकाः
बेथानचोक गाउँपालिकाले माइकिङ गरेर नागरिकलाई सुसुचित गराउने काम गरिरहेको छ । वडा नं ४ मा हेल्थ डेक्सको स्थापना गरेर गाउँपालिका भित्रिनेहरुको स्वास्थ्य परिक्षण भैरहेको छ । ढुंखर्क स्वास्थ्य चौकीमा १५ वेडको क्वारेन्टाइन कक्ष बनाउने तयारी भइरहेको छ । स्वास्थ्य संस्था र स्वाथ्यकर्मीलाई तयारी अवस्थामा राखेता पनि प¥याप्त सामाग्री नभएकाले आवश्यक पर्दा समस्या आउन सक्ने गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताउनुभयो । ५ वटा स्वास्थ्य चौकी र ३ वटा समुदायिक स्वास्थ्य इकाई छन् । गाउँपालिका र रेडक्रसको १÷१ वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । पालिकाभित्र निजी क्षेत्रबाट सञ्चालनमा रहेका दुई वटा एम्बुलेन्सलाई पनि मौजुदा राखिएको छ ।

रोशी गाउँपालिकाः
रोशी गाउँपालिकाले भने पालिकाको विपद् व्यवस्थापन कोषबाट स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख रुपैयाँ बजेट कार्यपालिकाको बैठक मार्फत छुट्याएको छ । वडा नं २ र ९ मा गरी १० बेडको क्वारेनटाइनको स्थापना पनि गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गंगालाल श्रेष्ठका अनुसार ३ वटा एम्बुलेन्सले निःशुल्क सेवा दिने गरी तयारी अवस्थामा राखिएको छ । आवश्यक परे पालिकाको २ वटा गाडी पनि प्रयोग गरिनेछ । पालिकाभित्र १० वटा स्वास्थ्य चौकी र २ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।

तेमाल गाउँपालिकाः
तेमाल गाउँपालिकाले पनि पालिकाभित्र सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई हाई अलटमा राखेको छ । वडा नं ५ मा हेल्थ डेक्स र ४ बेडकोे क्वारेन्टाइनको स्थापना गरिएको छ । पालिकाका अध्यक्ष सलाम सिं लामाका अनुसार गाउँपालिका प्रबेश गर्ने सबै नाका बन्द गर्नुका साथै तत्कालको लागि धार्मिक कार्यहरुमा पनि रोक लगाइएको छ । ७ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र धुलिखेल अपस्तालको शाखाका सहित ११ वटा स्वास्थ्य संस्था रहेका छन् ।

महाभारतगाउँपालिकाः
महाभारत गाउँपालिकाका प्रवक्ता रविन मोक्तानका अनुसार अत्यावश्यक बाहेक अन्य सवारी साधनमा रोक लगाईएको छ । माइकिङ गरेर जनचेतना फैलाउने कामहरु पनि भैरहेको छ । पालिकामा एउटा पनि एम्बुलेन्स छैन् । ५ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई र ३ वटा वडा स्तरीय स्वास्थ्य चौकी रहेको छ ।

भुम्लु गाउँपाालिकाः
भुम्लु गाउँपाालिकामा पनि नागरिकलाई सुशुचित गराउन चेतनामुलक कार्यक्रम गरिरहेको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पाना श्रेष्ठले दिनुभएको जानकारी अनुसार गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु बन्द गरिएतापनि रातको समयमा गाउँपालिका भित्रनेको संख्या बढ्दो छ र न्युनिकरण्को लागि प्रयास पनि भैरहेको छ । स्वास्थ्य चौकी १० सामुदायिक स्वास्थ्या इकाई ४ ओटा रहेका छन् । पालिकाभित्र ३ वटा एम्बुलेन्स छन् ।

खानिखोला गाउँपालिकाः
खानिखोला गाउँपालिकामा पनि सुरक्षित रहनको लागि जनचेतना फैलाउने, ७ वटै वडामा हेल्थ डेक्सको स्थापना र सवारी साधन पनि चल्नन दिइएको अध्यक्ष कृष्ण खुलालले जानकारी दिनुभयो । पालिकाले मकवानपुरको भोर्लेनी, ललितपुरको हेल्टार, सिन्धुलीको कोखाजोर र काभ्रेको च्याम्राङबेसीमा हेल्थ डेक्स स्थापना गरेको हो । पालिकाभित्र ५ वटा स्वास्थ्य चौकी र दुई वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । गाउँपालिकाले निःशुल्क सेवादिने गरी एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

चौरीदेउराली गाउँपालिकाः
चौरीदेउराली गाँउपालिकामा कोराना भाइसरबाट सुरक्षित रहनको लागी गाउँपालिकामा रहेको ९ वटै स्वाथ्य संस्थामा हेल्थ डेक्सको स्थापना गरिएको छ । जनचेतनाका कार्यक्रमसंगै एक वडाबाट अर्को वडामा जान पनि निषेध गरिएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले दिएको जानकारी अनुसार सवारी साधनलाई पनि पुरै निषेध गरिएको छ । पालिकाभित्र ८ वटा स्वास्थ्यचौकी, १ ओटा प्राथमिक अस्पाल र सामुदायिक स्वास्थ्य इकाई १ ओटा रहेको छ । ४ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको पालिकाका स्वास्थ्य शाखा संयोजक तेज घिसिङले बताउनुभयो ।

पनौती नगरपालिकाः
पनौती नगरपालिककाले ३ वटा एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्ने गरी तयारी अवस्थामा राखेको छ । पालिकाभित्र १२ ओटा स्वास्थ्य संस्था रहेका छन् । २ ओटा प्राथिमक स्वास्थ्य केन्द्र, ८ स्वास्थ्य चौकी र २ ओटा शहरी स्वास्थ्य केन्द्र रहेको पालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । पालिकाले खोपासी १५ बेडको क्वारेन्टाइनको स्थापना गरिएको छ । पालिकाले वडा नम्बर ५ मा रहेको छाला कारखाना र शिखरप्लाई कारखाना क्षेत्रलाई खुल्ला क्वारेन्टाइनका लागि तोकेको छ । त्यस्तै वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाई पनि क्वारेन्टाइनका लागि तोकिएको छ । नगरपालिकाले बैठकले भवन तर्फ इन्द्रेश्वर र तेजगंगा बहुमुखि क्यम्पसलाई क्वारेन्टाइनका लागि तोकेको छ ।

नमोबुद्ध नगरपालिकाः
नमोबुद्ध नगरपालिकामा भने जनचेतना मुलक कार्यत्रलम संगै नगर पालिकाको जनक माद्यामिक विद्यालयमा ८ बेडको आइसोलेसन कक्ष स्थापना गरेपनि मापदण्ड भने पुरा गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । ७ वटा स्वास्थ्य चौकी, ३ वटा सहरी स्वास्थ्य चौकी र मेथिनकोट अस्पताल छ । पालिमा एउटा एम्बुलेन्स रहेको छ ।

पाँचखाल नगरपालिकाः
पाँचखाल नगरपालिकामा ६ बेडको क्वारेन्टाइनको स्थापना गरिएको छ । ५ बेडको आइसोलेसन कक्षले भने मापदण्ड पुरा गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए । नगरपाकिलाले ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । नगरपालिकाले हेल्थ डेक्सको स्थापना गरेको छ भने जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको ४, ५, ३ र ८ नम्बर वडाले दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

धुलिखेल नगरपालिकाः
धुलिखेल नगरपालिकामा कोरोनाबाट सुरक्षित रहन जनचेतनामुल कार्यक्रम गरिनुको साथै नगरपालिका भित्रका नागरिकलाई स्वाथ्य सामाग्री वितरण गरिएको छ । बजार क्षेत्रमा हात धुने ठाउँको पनि व्यवस्था पनि गरिएको छ । त्यसैगरी धुलिखेलको सञ्जिवनि माद्यामिक विद्यालयमा ७० बेडको क्वारेन्टाइन पनि तयारी गरिएको छ । धुलिखेल नगरपालिकाभित्र ६ ओटा स्वास्थ्य चौकी रहेको छ । ३ वटा सहरी स्वास्थ्य केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा आयुर्वेद अषोधालय पनि रहेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सन्दिप केसी बताउनुभयो । नगरपालिकाले धुलिखेल अस्पातालको ३ वटा एम्बुलेन्स आवश्यकताका आधारमा प्रयोग गर्ने ब्यवस्था मिलाएको छ । धुलिखेल अस्पतालमा ८ वार्डको आइसोलेसन तयारी अवस्थामा राखेको छ ।

मण्डनदेउपुर नगरपालिकाः
मण्डनदेउपुर नगरपालिकाले क्वारेन्टाइनको स्थापना गरेको छ । नगरपालिकाको विभिन्न ८ स्थानमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । ३ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको नगरका प्रबक्ता डिल्लि प्रसाद आचार्यले बताए । मण्डनदेउपुर नगपालिकाभित्र ७ वटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको छ ।

बनेपाल नगरपालिकाः
जिल्लाको पहिलो नगरपालिकाले बनेपाले पनि कोरोना भाइरस विरुद्धको जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरपालिकाभित्र ५ ओटा स्वास्थ्य चौकी र ४ वटा सहरी स्वास्थ्य चौकी रहेका छन् । नगरपालिका आफ्नै एम्बुलेन्स नभएपनि विभिन्न संघसंस्थाको गरी ६ वटा एम्बुलेन्स रहेको स्वास्थ्य संयोजक महेश्वर काजी श्रेष्ठले बताए । शीर मेमोरिय अस्पतालमा ५ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ३ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने