२०८१, १४ बैशाख शुक्रबार

काभ्रे उद्योग वाणिज्य संघद्वारा विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग

काभ्रे उद्योग वाणिज्य संघद्वारा विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग


धुलिखेल, १५ चैतः उद्योग वाणिज्य संघ काभ्रेले विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । १२ बोरा चामल, दुई बोरा चिउरा, एक बोरा रातो दाल, दुई बोरा मस्याउरा, एक बोरा नुन र दुई बाक्सा खाने तेल हस्तान्तरण गरेको संघका अध्यक्ष प्रकाश मानन्धरले जानकारी दिए ।

संघले काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं कोरोनाभाइरस कमाण्ड फोर्सका संयोजक श्रवण कुमार तिमिल्सिनालाई खाद्यान्न हस्तान्तरण गरेको हो । त्यस्तै संघले विभिन्न संघसंस्थासँगको सहकार्यमा ५० वटा क्वारेन्टाइन वेडलाई आवश्यक पर्ने सामग्री पनि हस्तान्तण गरेको अध्यक्ष मानन्धरले बताए ।

जिल्ला विपद् ब्यवस्थापन समितिले वाणिज्य संघलाई एक सय वेड क्वारेन्टाइनका सामग्री ब्यवस्था गर्न भनेको थियो । संघका अध्यक्ष मानन्धरले तत्काललाई ५० वेडका लागि सहयोग उपलब्ध गराएको र बाँकी पनि गर्दै जाने बताए ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ४ : ०३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने