२०८१, १५ बैशाख शनिबार

कोरोना भाइरस कुन सामानमा कति लामो समयसम्म जीवित रहन्छ ?

कोरोना भाइरस कुन सामानमा कति लामो समयसम्म जीवित रहन्छ ?


काठमाण्डौ, १३ चैतः कोभिड–१९ अर्थात् कोरोना भाइरस सतहमा पाँच दिनसम्म जीवित रहने देखिएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा, प्लेट, मग, कचौरा, गमलालगायत माटोका सामग्री तथा सिसाका गिलास, बोत्तल, कचौरा र मगमा यो भाइरस पाँच दिनसम्म जीवित रहन्छ ।

साथै कोरोना भाइरस काठबाट बनेका फर्निचर, सजावटका सामग्रीमा चार दिनसम्म जीवित रहन्छ । प्लास्टिकका सामान जस्तै बसका सिट, झोला, बोत्तल तथा रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनलगायतका सामानमा दुईदेखि तीन दिनसम्म कोरोनाको सङ्क्रमण जीवित रहने देखिएको हो ।

यस्तै कार्डबोर्डमा २४ घण्टा, तामाका भाँडा, पूजा सामान, पानी खाने जग लगायतमा चार घण्टा, आल्मुनियमका झ्याल ढोका, भाँडा, बोत्तलमा दुईदेखि आठ घण्टा, कागजमा केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् । त्यस्तै अन्य केही वस्तुमा पाँच दिनसम्म भाइरसको सङ्क्रमण जीवित रहने देखिएको वेभएमडीले जनाएको छ ।

कोरोना भाइरस अहिलेसम्म खाना र पानीमा भने पाइएको छैन । तर कुनै पनि फलफुल खानुअघि वा तरकारी पकाउनुअघि राम्रोसँग पखाल्न अध्ययनले सुझाव दिएको छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा उनीहरुको मुखबाट निस्कने कफ वा ओसिला छिटामा भाइरस हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटा शरीरभित्र पसेर उसलाई पनि भाइरस सर्ने गरेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

सतह वा वस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि भाइरसको सङ्क्रमण फैलिने भएकाले राम्ररी साबुन पानीले हात धुन डाक्टरको सुझाव छ । तर कोभिड–१९ नयाँ भएकाले यस बारेमा थप अनुसन्धान हुन बाँकी छ ।

साभारः उज्यालाे अनलाइन

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  २ : १६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने