२०८१, १४ बैशाख शुक्रबार

काभ्रेका दुई सांसदले दिए एक महिनाको सेवा सुविधा बापत रकम आपत्कालीन कोषलाई

काभ्रेका दुई सांसदले दिए एक महिनाको सेवा सुविधा बापत रकम आपत्कालीन कोषलाई


धुलिखेल, १२ चैतः काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले कोरोना भाइरस विरुद्ध सरकारले स्थापना गरेको कोषमा रकम जम्मा गरेका छन् । संघीय सांसद गोकुल बास्कोटा र प्रदेशसभा सांसद बसुन्धरा हुमागाईले रकम जम्मा गर्ने बताएका हुन् ।

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुमागाईले आपत्कालिन कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफुले एक महिनाभर पाउने सम्पूर्ण सेवा सुविधा बापतको रकम मुख्यमन्त्री आपत्कालिन कोषमा जम्मा गर्ने घोषण गरेका हुन् ।

सांसद हुमागाईले बुधबार सामाजिक सञ्चाल फेसबुक मार्फत बागमती प्रदेश सरकारको आपत्कालिन कोषमा रकम जम्मा गर्ने घोषण गरे । ‘अहिले यो परिस्थिति निकै जटिल छ, विश्व नै संकटसँग जुद्धि रहेको छ, यस्तो बेला एकले अर्कोलाई सहयोग गरे मात्रै समस्या टार्न सकिन्छ, सांसद हुमागाईले भने ‘मैले पनि थोरै सहयोग गरेको हुँ ।’ सांसद हुमागाँईले आपत्कालिन कोषमा रकम जम्मा गरिदिनका लागि संसद सचिवालयलाई आग्रह गरिरहेको बताए ।

यसअघि काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद एवं पूर्व सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले पनि १ महिनाको सम्पूर्ण सेवा सुविधा बापत पर्ने प्रधानमन्त्री राहत कोषमा दिएका थिए ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  १२ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने