कर्मचारीलाई घरमै स्ट्यान्डबाई राखी कार्यालय बन्द गर्ने तयारी

काठमाडौं, १० चैत्र । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी मंगलबारदेखि विदा दिने भएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि बनेको उच्चस्तरीय समितिले मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै राख्ने निर्णय गर्न लागेको हो । कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारी भने कार्यालय पुग्नु पर्नेछ ।
‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनेछन् । अरू कर्मचारीहरु भने घरमै स्टान्डबाई बस्नेछन् । कोरोना भाइरस संक्रमण उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।