२०८१, १४ बैशाख शुक्रबार

पनौती टिपर घटना अपडेटः जुनी मायाको दाहसंस्कार आज

पनौती टिपर घटना अपडेटः जुनी मायाको दाहसंस्कार आज


धुलिखेल, ८ चैत: गएको सोमबार टिपरको ठक्करबाट पनौतीमा ज्यान गुमाएका आमा–छोरीको आज दाहसंस्कार गरिने भएको छ । राेगजागरीकाे सिलसिलामा मलेसियामा रहेका जुनीमायाका श्रीमान छिरिङ तामाङ हिजो नेपाल आइपुगेपछि आज दाहसंस्कार गरिने लागेको हो ।

बौद्ध धर्म परम्परा अनुसार स्वयम्भु गुम्बामा दिउँसाे २ बजे  दाहसंस्कार गरिने परिवारले जनाएकाे छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका आमा-छोरीकाे  उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाकाे मृत्यु भएकाे थियाे । उनीहरूकाे शीर मेमाेरियल अस्पतालमा पाेष्टमार्टम गरिएकाे थियाे ।

मंगलबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा भएको सर्वपक्षिय बैठकले तीन बुदेँ सहमति गरेपछि कफ्र्यु हटाउन प्रशासन तयार भएको हो । बैठकले मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति गरेकाे थियाे ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ९ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने