२०८१, ९ बैशाख आईतबार

तेमालमा कोरोना भाइरस सचेतनाः स्वास्थ्य परीक्षण सुरु

तेमालमा कोरोना भाइरस सचेतनाः स्वास्थ्य परीक्षण सुरु


धुलिखेल  ७ चैत :  काभ्रेको तेमाल गाउँपालिकाले स्वास्थ्य परीक्षण सुरु गरेको छ । तेमाल प्रवेश गर्ने मुख्यद्वार कालिकाटीमा पालिकाले हेल्थ डेस्क राखेर शुक्रबारदेखि स्वास्थ्य परीक्षण थालेको उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिइने ।

कोरोना भाइरस परीक्षण सम्बन्धी पालिकाले कालिमाटीमा बिहीबार हेल्थ डेस्क स्थापना गरेको थियो । बिहान ६ बजेदेखि तेमाल गाउँपालिका आवातजावात गर्ने सबैको स्वास्थ्य परीक्षण गरिरहेको उपाध्यक्ष तामाङले बताइन् । उनका अनुसार बोहोरेदोभानमा पनि हेल्थ डेस्क स्थापना गरिनेछ । बोहोरेदोभानको हेल्थ डेस्क भने आइतबारबाट सञ्चालनमा आउनेछ ।

हेल्थ डेस्कमा प्रहरीसहित हेल्थ असिस्टेन (एचए) र नर्स १/१ जना राखिएको पालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिए । हरेक दिन विहान ६ बजेदेखि साझँ ६ बजेसम्म स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य शाखाले पालिकाभित्रको कुनै पनि स्वास्थ्य कर्मचारीलाई अत्यावश्यक काम बाहेक बिदा नदिने भएको छ ।

कोरोना भाइरस विरुद्ध अभियान सञ्चालन गर्नका लागि सबै कर्मचारीलाई हाई अलटमा राखिएको पालिकाका प्रमुख सलाम सिं तामाङले बताए । स्वास्थ्य परीक्षणका लागि  पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) सहित स्वास्थ्य कर्मी बसेका छन् । स्वास्थ्य परीक्षणकाे शुभराम्भ गर्न जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नगेन्द्र कुमार झा पनि पुगेका थिए ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  ११ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने