२०८१, १० बैशाख सोमबार

लिसंखुमा जनस्तरबाटै उभ्याइएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन

लिसंखुमा जनस्तरबाटै उभ्याइएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन


लिसंखु, २० फागुनः ‘हातमा औजार हुनेहरू औजार लिएर उठे । हातमा कलम हुनेहरू कलम लिएर उठे ।अनि साथमा केही नहुनेहरू श्रमदान गर्न जुटे ।गाउँ गाउँबाट उठे, बस्ती बस्तीबाट उठे । अरुलाई पनि झकझक्याए । नेपाली चलचित्र बलिदानको गीतमा प्रयोग गरिएका यी शब्द साच्चिकै ब्यवहारमा देख्न पाउँदा खुशी नहुने कुरै भएन ।

भुकम्पअघि ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीले आफ्नै बलबुताले बनाएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन (स्तुपा) २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले ढलायो । सिन्धुपाल्चोक जिल्लाको लिसंखु–पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा रहेको यो छ्योर्तेन निर्माण गर्दाको दुःख नभुल्दै अर्का दुःख आइलाग्यो । तर ङ्याङजो दाजु-भाई दिदी-बहिनीले आफ्नो आस्था र विश्वासलाई ढल्न दिएनन् । दृढताका साथ अघि बढाए । हातमा–हात मिलाए । काँधमा–काँध । लिसंखुमा मात्रै होइन धेरै ठाउँलाई एउटा गतिलो उदाहारण दिए । एकतामै बल हुन्छ भन्ने ।

अहिले पनि भुकम्पले भत्किएको धेरै धार्मिक र पुरातात्विक संरचना बन्न सकिरहेका छैनन् । सरकारी अनुदानको पर्काइमा छन् । तर झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन भने ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीले फेरी एकपटक आफ्नै बलबुताले उभ्याएका छन् । सक्नेले आर्थिक र श्रमदान दुबै सहयोग गरे । नसक्नेले आर्थिक मात्रै । नाडी बलियो हुनेले श्रमदान गरे । यो छ्योर्तेन निर्माणस्थल पुग्दा लाथ्यो, देशको मुहार फेर्न एकले अर्कोको खुट्टा तानेर होइन । हात समाएर अघि बढाउनु पर्ने रहेछ । उमेरमा को सानो, को ठूलो । सबैको हात श्रममा नै लागेको छ । धेरै ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीले पसिना बगाएका छन् । तर आफ्नो सन्तनीलाई संस्कार र सँस्कृति सिकाएका छन् । समूहमा मिलेर काम गर्दाको फाइदा धेरैलाई अनुभुत गराएका छन् ।

छ्योर्तेनलाई ब्यवस्थित बनाउन झ्याङछ्युब छ्योइलिङ गोन्पा समिति दर्ता गरिएको छ । सरोज ङ्याङजो अध्यक्ष रहेको ११ सदस्यीय समितिले अहिले पुनःनिर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको हो । ‘यसअघि २०५४ सालमा निर्माण कार्य प्रारम्भ गरेर २०५५ सालभित्रै निर्माण पुरा भएर ह्राप्ने (प्राण प्रतिष्ठा) सकेका थियौँ, उनले भने ‘अहिले समय धेरै लाग्यो तर छ्योर्तेन भुकम्प प्रतिरोधात्मक बनेको छ ।’

यहि समिति अन्तर्गत एउटा ङ्याङजो गुठी छ । जसले ङ्याङ्जो परिवारभित्र राम्रो, नराम्रो काममा मद्दत पुर्याउँछ । हातेमालो गर्छ । गुठीमा सहभागि भएर काठमाण्ठौ बसोबास गर्ने सदस्यले ५० हजार देखि १ लाख रुपैँयासम्म छ्र्योतेन सहयोग गरेका छन् । गाउँमा बस्नेले भने १० हजार सहयोग गरेका छन् । पहिला ३२ फिट मात्रै थियो । अहिले छ्र्योतेन ४८ फिट अग्लो बनेको छ । फराकिलो पनि भएको छ ।

छ्योर्तेन निर्माणमा हालसम्म ६० लाख खर्च भइसकेको छ । जसमा सरकारी सहयोग भनेको पालिकाबाट ६ लाख ७० हजार र वडाको २ लाख रुपैयाँ मात्रै हो । अरु रकम गाउँ, छरछिमेक, देश तथा विदेशमा रहेका ब्यक्तिले पठाएको सहयोग रकमबाटै निर्माण गरिएको हो । ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीको वर्तमान पुस्ताले भावी पुस्ताका लागि मौलिक कला, धर्म, संस्कृति र संस्कारलाई जर्गेना गरेर हस्तान्तरण गरेको छ । भावी पुस्ताले आफ्नो पूर्वज (पुर्खा) हरुप्रति गर्व र सम्मानका साथ सम्झिरहने अवस्था बनेको छ ।

अहिले छ्योर्तेनको पुनःनिर्माण लगभग सकिएको छ । फागुन २९ गते बौद्ध धर्मका परमपुजनीय धर्म गुरु यिस्हे साङ्पो रेम्पोर्छेको सानिध्यमा ह्राप्ने र बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले छ्योर्तेनको समुद्घाटन गर्ने समितिका अध्यक्ष सरोज ङ्याङजोले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ९ : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने