२०८१, ९ बैशाख आईतबार

बाँस्कोटाले हाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा

बाँस्कोटाले हाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा


काठमाडौं १६ फागुन :  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्।

बास्कोटाले मिश्रले मुलुकी अपराध संहिता ऐनको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेको जिकिर गरेका छन् र ऐनको दफा २९३ ९२०, दफा ३०५ ९३० र ३०७ ९१० अनुसार हदैसम्म सजाय माग गरेका छन् ।

बास्कोटाले अनुमति नलिई कुराकानी रेकर्ड गरेका कसूरमा कारबाही माग गरे पनि उक्त अडियो फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराउने उद्देश्यले सञ्चार माध्यममा पुर्‍याएको दावी गरेका छन् ।

बास्कोटाले मिश्रविरुद्ध अनुमति नलिई अडियो रेकर्ड गरेको, गाली गरेको, सञ्चार माध्यममार्फत बेइज्जत गरेको आरोपमा कारबाही माग गरेका छन् । जसअनुसार उनले अनुमति नलिई अडियो रेकर्ड गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना, गाली गरेकामा १ वर्ष कैद र १० हजार जरिवाना र सञ्चार माध्यममार्फत बेइज्जती गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना माग दावी गरेका छन् ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ८ : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने