२०८१, १५ बैशाख शनिबार

काभ्रे बारको अभियान, स्थानीय तहमा जनप्रतिनिधिसँग कानुनी साक्षत्कार

काभ्रे बारको अभियान, स्थानीय तहमा जनप्रतिनिधिसँग कानुनी साक्षत्कार


धुलिखेल, १३ फाल्गुण :  नेपाल बार एशोसिएशन, काभ्रेले स्थानीय तहसँग सम्बन्धित कानुन तथा जनप्रतिनिधिबीच कानुनी साक्षत्कार कार्यक्रम शुरु गरेको छ । काभे्र बारले आज तेमाल गाउँपालिकाका जनप्रतिनिधि लगायत न्यायिक समितिका पदाधिकारीसँग कानुनी साक्षत्कार कार्यक्रम थालेको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सलासिं तामाङले गाउँपालिकामा रहेको न्यायिक समितिले सम्पादन गरेको न्याय सम्बन्धी गतिविधी प्रशंसनीय रहेको बताएका थिए । उनले तेमालमा न्यायका लागि गाउँपालिकाभरिका जनतालाई न्यायिक शिक्षा प्रदान गर्न काभ्रे बारसँग सहकार्य गरेर प्रत्येक वडामा कानुनी साक्षत्कार कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रममा काभ्रे बारका अध्यक्ष देवकुमार मोक्तानले स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत रहेर गाउँपालिकाले न्याय सम्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताए । मुक्तानले सुखी र समृद्ध नेपाल निर्माणको अभियान कानुनसँगै जोडिएर आएको हुनाले कानुन कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु लाग्नुपर्ने बताए । यसैगरी गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकामा ६१ जना मेलमिलापकर्ता र ३ जना न्यायिक समितिले न्याय सम्पादनको काम गरेको बताएकी छन् । उपाध्यक्ष तामाङले गाउँपालिकाका विद्यालयहरुमा पनि कानुनी ज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले विकास निर्माणको अभियानलाई सहज बनाउन गाउँसभाबाट अहिलेसम्म ऐन, नियमावली र कार्यविधी ७ वटा निर्माण गरिएको बताएका थिए । उनले थप कानुन बनाउनका लागि गाउँपालिकाले र जिल्ला बारसँग सहकार्य गर्ने बताएका छन् । जिल्ला बारको कानुनी सहायता समितिले आर्थिक अभावका कारण कानुनी सेवाबाट बञ्चीत भएकाहरुका लागि कानुनी सेवा प्रदान गदै आएको काभ्रे बारका उपाध्यक्ष विजयभक्त श्रेष्ठले कार्यक्रममा जानकारी गराएका थिए ।

यसैगरी कानुनी साक्षत्कार कार्यक्रममा जिल्ला बारका सचिव मधुसुदन वाग्लेले तीन तहको सरकारले कानुन निर्माण गर्ने अधिकार र कार्यान्वयन गर्ने तहसम्म रहेकाले प्रदेश र संघको कानुनसँग नबाझिने गरी स्थानीय तहले कानुन निर्माण गर्नुपर्ने बताए । तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले पालिकामार्फत सामाजिक सञ्जालमा विभिन्न विक्रितिजन्य सामग्रीहरु पोष्ट गर्नेलाई कारबाहीको दायरामा ल्याउन कस्तो कानुनको आवश्यकता पर्छ ? त्यस्तो कानुन बनाउनका लागि सहजीकरण गर्न जिल्ला बारलाई अनुरोध गरे ।

कार्यक्रममा तेमाल गाउँपालिका वडा नं. २ का अध्यक्ष तेमालसिं तामाङ, जिल्ला बारका कोषाध्यक्ष रामप्रसाद मानन्धर र जिल्ला बार सदस्य परमात्माराम पराजुली लगायतले स्थानीय तहले अवलम्वन गर्नुपर्ने कानुनका आधारभूत विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रम नेपाल बार एशोसिएशन र तेमाल गाउँपालिकाको संयूक्त आयोजनामा पोखरीनारायणस्थानमा भएको थियो ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ९ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने