२०८१, ११ बैशाख मंगलबार

काभ्रेको महाभारत गाउँपालिमा बाली विज्ञानको पठनपाठन सुरु

काभ्रेको महाभारत गाउँपालिमा बाली विज्ञानको पठनपाठन सुरु


धुलिखेल, १३ फागुनः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँमामा कृषि प्राविधिक विषयको पठनपाठन सुरु भएको छ । पालिकाको वडा नम्बर १ धापमा रहेको भैरवेश्वर माध्यमिक विद्यालयमा बाली विज्ञानको पठन पाठन सुरु भएको हो । प्राविधिक शिक्षालयको मंगलबार पालिकाका प्रमुख कान्छालाल छिम्बाले उद्घाटन गरे । ‘हामी विकासमा विस्तारै पड्को मार्दै छौँ, यो विकासको एउटा गतिलो आधार हो, पालिका अध्यक्ष जिम्बाले भने ‘धेरैले देख्ने भौतिक पूर्वाधार मात्रै हो, तर शिक्षाको लगानी विस्तारै समाज रुपान्तरणमा देखिन्छ ।’

एक पालिका, एक प्राविधिक शिक्षालय कार्यक्रम अन्तर्गत बाली विज्ञानको पठनपाठन सुरु गरिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए । उनका अनुसार अहिले ४२ जना बालबालिका बाली विज्ञान विषय लिएर पढिरहेका छन् । ‘यो एक पालिका, एक प्राविधिक शिक्षालय कार्यक्रम अन्तर्गत बाली विज्ञानको पढाई सुरु भएको हो, उनले भने ‘अब यहाँ बढेका बालबालिकाले पालिकाभित्र लगाउने खेती बालीको हेरचाह देखि रोग किरा नियन्त्रणसम्ममा सघाउ पुर्याउने छन् भन्ने मैले विश्वास लिएको छु ।’

यो शिक्षालयमा अहिले महाभारतसँगै खानीखोला गाउँपालिकाका बाललिकालाई पनि पढ्न जाने गरेका छन् । सिन्धुलीको घ्याङलेख र मरिण गाउँपालिकाका बाललिकालाई समेत प्राविधिक विषय पढ्न सजिलो भएको प्रवक्ता मोक्तानको भनाईछ ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ५ : ०२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने