२०८१, ११ बैशाख मंगलबार

काभ्रेमा आलु खेतीबाट बार्षिक करिब ३ अर्ब रकम भित्रने

काभ्रेमा आलु खेतीबाट बार्षिक करिब ३ अर्ब रकम भित्रने


धुलिखेल, ६ फागुन :  काभ्रे जिल्लामा सबैभन्दा बढी आलुबाट २ अर्ब ५० करोड भन्दा बढी रकम भित्र्ने गरेको छ । जिल्लाको ९ हजार ७ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुने गरेको छ । त्यस्तै आलु सुपरजोन मार्फत ४ हजार हेक्टर क्षेत्रफल जमिनमा खालुखेती हुदैँ आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको आलु सुपर जोन कार्यक्रमका प्रमुख दिपक पौडेलले बताए । जिल्लामा बार्षीक १ लाख ८४ हजार ६२२ मेक्ट्रिटन उत्पादन हुने गरेको छ ।

उनका अनुसार जिल्लाको पाँचखाल, पनौती र बनेपा नगरपालिकामा जिल्लाको सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । त्यस्तै धुलिखेल मण्डनदेउपुर, बेथानचोक, नमोबुद्ध लगायतका पालिकामा पनि आलु उत्पादन हुने गरेको छन् । जिल्लाका किसानले तीन जातको आलु लगाउँदै आइरहेका छन् । पाँचखाल र मण्डनदेउपुर भेगका किसानले जनप्रिय लगाउने गरेका छन् । यो आलुको उत्पादकत्व बढी र डडुवा सहनसक्ने क्षमता उच्च रहेको आलु सुपर जोन कार्यक्रमका प्रमुख पौडेलले बताए ।

त्यस्तै नालाको माथिल्लो भेगका किसानले अगौटे सिजनमा बिजुरे जातको आलु लगाउँदै आएका छन् । स्थानीय भाषामा यो आलुलाई झप्री पनि भन्ने गरिन्छ । बोटको चोरैतिर फल्ने, मुल्य बढी पाउने र बर्खाका समयमा ६० देखि ७० दिनभित्र खन्न सकिने भएकाले किसानहरुले अत्याधिम मन पाएको पौडेलले बताए । त्यसैगरी पनौती र खोपासी आसपासका किसानहरुले पनौती लोकल जातको आलु चलाउँदै आएका छन् । यो आलु गोलो र रातो हुने गरेको छ ।

काभ्रेमा तीन सिजनमा किसानहरुले आलु खेती गर्ने गरेका छन् । नाला क्षेत्रमा भिरालो जमिन भएकाले बर्खा याममा धेरै आलु खेती हुने गरेको छ । अन्य ठाउँको भन्दा बजारमा यो भेगबाट आलु छिट्टै आउनु भएकाले भाउपनि राम्रो पाउने गरेका छन् । त्यस्तै फाँट क्षेत्र पाँचखाल र मण्डन भेगका किसानले मंसिर देखि फागुनसम्म आलु लगाउने गरेको आलु सुपरजोनका प्रमुख दिपक पौडेलले बताए ।

पनौती र खोपासी क्षेत्रमा सिँचाईको पनि राम्रो ब्यवस्था छ । यहाँका किसानले वर्षका दुई पटक आलु खेती गर्ने गरेका छन् । धान भित्र्याउने वित्तिकै आलु लगाएर कात्तिक महिनाभित्र बजारमा आइसक्छ । अर्को सिजनको आलु भने किसानले माघमा लगाउँछन् । चैत्र–बैशाखभित्र बजार आइसक्छ । यो क्षेत्रको खेती खासै खाली बस्न पाउँदैन ।

मल्ट्री च्याम्बर नहुदाँ किसान मारमा
जिल्लामा २ अर्बको आलु भित्रिएपनि मल्ट्री च्याम्बर नहुदाँ किसान मारमा पर्दै आएका छन् । मल्ट्री च्याम्बर नहुदाँ सिजनका आलु सस्तो मुल्यमा बेच्न बाध्य भएका हुन् । किसानले आलु खेतबारीबाट सिधै बेचि रहेका छन् ।

जिल्लामा छन त ४ वटा कोल्डस्टोर छन् । यी कोल्डस्टोरको क्षमता जिल्लाभरको आलु भण्डार गर्न सक्ने छ । तर ती सबै कोल्डस्टोरको तापक्रम बीउ आलु भण्डार गर्ने खालको मात्रै रहेको आलु सुपरजोनका प्रमुख पौडेलले बताए । बीउको आलु र दैनिक उपभोग गर्ने आलुको स्टोर गर्ने ठाउँ छुट्टा छुट्टै तापक्रमको हुनुपर्छ । बीउको आलु ४ देखि ६ डिग्रिसेल्सियसमा राख्नुपर्छ ।

भण्डार गरेर बेसिजनमा बजार पठाउँदा किसानले मूल्य राम्रै पाउँछन् । तर कोल्डस्टोरले लिने शुल्क निकै महँगो भएको किसानहरुले गुनासो गर्ने गरेका छन् । अहिले भइरहेका कोल्डस्टोरमा पनि खाने आलु राख्न नमिल्ने भन्ने त होइन । तर सुगर र ग्लुकोजको मात्रा बढी हुने पौडेलले बताए । खाने आलुलाई १० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्ने हुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार नगदेबाली मार्फत बार्षिक ५ अर्ब रुपैयाँ भित्र्ने गरेको छ । ९ हजार ६९९ हेक्टर क्षेत्रफल जमिनमा १ लाख ६२ हजार ७८४ मेक्ट्रिटन ताजा तरकारी उत्पादन हुन्छ ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ११ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने