२०८१, १३ बैशाख बिहीबार

माया साटासाट गर्न काभ्रे !

माया साटासाट गर्न काभ्रे !


काभ्रे, २ फागुन पर्यटकीय यस जिल्लाको भूमी प्रेम उजागर गर्ने प्रेमी जोडीहरुको मलिलो थलो बन्न थालेको छ । पछिल्लो समय नेपाली युवाहरु माझ विस्तार हुदै गएको प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाउन आउने जोडीहरुको लार्को देखिन थालेको छ । राजधानी काठमाण्डौबाट नजिक, अभिभावकहरुको सम्पर्कबाट केहि समय भएपनि टाढा र काठमाण्डौका कतिपय स्थानहरुमा प्रेम जोडीहरुलाई निषेध गरेपछि केही वर्षदेखि राजधानीका युवायुवतीहरुले काभ्रेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने उचित थलोको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

शान्त र राजधानीबाट सार्वजनिक यातायातमा समेत कम्तिमा साढे एक घण्टामा पुग्न सकिने विभिन्न पर्यटकीय स्थलहरु प्रेम जोडीको रोजाईमा परे । अन्य बेला समेत जोडीहरुको उल्लेखिय उपस्थिति देखिने जिल्लाको सदरमुकाम धुलिखेल स्थित फिक्निक पार्क, देविस्थान डाँडा, हजार सिडी, पनौतीको त्रिवेणी घाट, नमोबुद्ध, दोलालघाट, पलाञ्चोक, चण्डेश्वी, नगरकोट लगायत पर्यटकीय र शान्त स्थलहरुमा भ्यालेन्टाइन डे मनाउन राजधानी सहित आसपासका जिल्लाबाट प्रेमी जोडी आउने क्रम निकै देखिन्थे ।

यसैबीच शुक्रबार विहान बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डे जस्ता मुख्य–मूख्य बजार क्षेत्रका गिफ्ट पसलहरुमा पोष्टकार्ड, प्रेम अङकित कप, खेलौना, गुलाफको फुल जस्ता समानहरु किन्ने युवायुवतीको संख्या बाक्लै देखिन्थ्यो । फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाका उपाध्यक्ष भेषराज दनुवारका अनुसार प्रेम दिवसका लागि यो वर्ष ५ हजारको संख्यामा गुलाफको फुल काभ्रे भित्रिएको थियो । जिल्लामा उत्पादन भएको ३ हजार र आयात गरिएको ५ हजार गरी ८ हजार गुलाफको फूल आज बिक्री भएको छ । उपाध्यक्ष दनुवारका अनुसार जिल्लामा उत्पादित र आयात गरिएका गरी २ लाखभन्दा बढीको आर्थिक कारोबार भएको छ ।

प्रकाशित मिति : २०७६, २ फाल्गुन शुक्रबार  ६ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने