२०८१, ९ बैशाख आईतबार

प्रचण्डले जनयुद्धका घाइतेलाई भनेः एनजीओको पछि नलाग्नुस्

प्रचण्डले जनयुद्धका घाइतेलाई भनेः एनजीओको पछि नलाग्नुस्


काठमाण्डौ, १ फागुन: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गरेका छन् ।

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको बताए । हिजो कांग्रेस, पूर्वएमाले र पूर्वमाओवादीले एकअर्कालाई कमजोर देखाउन खोज्दा सत्य निरुपण र वेपत्ता आयोगमा ६४ हजारबढी मुद्दा परेको भन्दै उनले भने ‘समझदारी भएको भए २ हजार, २५ सयमा झार्न सकिन्थ्यो ।’

अन्तर्राष्ट्रिय समुदायमा पनि दुई थरी मत रहेको भन्दै उनले कतिपयलाई शान्ति प्रक्रियाका बाँकी काम २०÷२५ वर्ष नटुंगिओस्, खेल खेल्न पाइराखियोस् र केही मान्छेलाई लाभ दिने उद्योग चलाइराख्न पाइयोस् भन्ने लागेको सुनाए । अब यो उद्योग राखिराख्न हुन्न र शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ भन्नेमा पार्टीहरु र सरकार सहमत भएको नेकपा अध्यक्ष प्रचण्डले बताए ।

अहिले कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्न तयार छौं भनेर आएको र केहीले करिव एक हजार घाइते तथाअपाङ्गलाई विदेश लैजाने बताएको प्रचण्डले सुनाए । २०० जतिलाई तुरुन्तै लैजान्छौं भनेको भन्दै उनले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन आग्रह गरे ।

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  २ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने