२०८१, १५ बैशाख शनिबार

धुलिखेल उद्योग वाणिज्य संघमा बेथितीः अध्यक्षद्वारा गैर ब्यवसायीलाई सदस्यता वितरण

धुलिखेल उद्योग वाणिज्य संघमा बेथितीः अध्यक्षद्वारा गैर ब्यवसायीलाई सदस्यता वितरण


धुलिखेल, २८ माघः धुलिखेल उद्योग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा वर्तमान अध्यक्ष मञ्जु कुमार कोजुले रातारात फर्जी सदस्य बनाएको सार्वजनिक भएको छ । स्रोतका अनुसार मञ्जु कुमार कोजुले उद्योग वाणिज्य संघका कर्मचारी र पधाधिकारीको मिलेमतोमा रातारात तीन सयको हाराहारीमा नयाँ दर्ता तथा नवीकरण सदस्य थपेको तथ्य बाहिरिएको हो ।

मञ्जु कुमार कोजुले कुनै पनि व्यवसाय नगरेका आफु निकट नेपाली काँग्रेस पार्टीका कार्यकर्ताहरुलाई सदस्य बनाएको पाइएको छ । आफुलाई काँग्रेस धुलिखेलको नेताको रुपमा चिनाउने कोजुलाई अघिल्लो निर्वाचनमा काग्रेँस धुलिखेल नगर समितिले नै असहयोग गरेको थियो । त्यो बेला पूर्व एमाले र पूर्व माओवादी सम्बद्ध ब्यवासयीहरुको सहयोगमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । पदको लोभले गर्दा अहिले उनी पुनः काँग्रेसबाटै अध्यक्षको प्रत्याशी बनेका छन् ।

निर्वाचनमा मञ्जुलाई सहयोग गर्न नेपाली काँग्रेस काभ्रेले आफु समर्थित ब्यवसायीहरुलाई ह्वीप जारी गरेको पाइएको छ । मञ्जु कुमार कोजुले फर्जि सदस्य बनाउनका लागि उद्योग वाणिज्य संघ धुलिखेलको नाममा आफ्नो छोरा मनिष कोजुको नामबाट एकमुष्ट ४ लाख ११ हजारको चेक बैंकमा दाखिला गरेको स्रोतले जनाएको छ । सो चेक उद्योग वाणिज्य संघको नामबाट २०७६ साल माघ १७ गते शुक्रबार बैंक बन्द हुने अन्तिम समयमा दाखिला भएको पाइएको हो ।

त्यस दिन संघका कार्यालय सचिव कार्यालय आएका थिएनन । तर पनि कार्यालय सचिव र अध्यक्ष मञ्जु कुमार कोजु मिलेर कार्यालयको छाप समेत दुरुपयोग गरेको भेटिएको छ ।

प्रकाशित मिति : २०७६, २८ माघ मंगलबार  ८ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने