२०८१, २० बैशाख बिहीबार

काभ्रेको पाँचखाल नगरपालिका पनि साक्षर घोषणा

काभ्रेको पाँचखाल नगरपालिका पनि साक्षर घोषणा


धुलिखेल, १३ माघः काभ्रेको पाँचखाल नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई साक्षर घोषणा गरिएको हो । नगरमा १६ देखि ६० बर्ष उमेर समूहको साक्षरता ९५.४३ प्रतिशत पुगेकोले साक्षर नगर घोषणा गरिएको पाँचखाल नगरका प्रमुख महेश खरेलले दिए । साक्षर पालिकाको प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले हस्तान्तरण गरेका थिए ।

जिल्लाको १३ वटा स्थानीय तह मध्ये अब रोशी र चौरी देउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी छन । यस अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका माहाभारत, तेमाल, बेथानचोक, भुम्लु र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् ।

जिल्लालाई नै माघ २० भित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भए पनि सबै पालिका साक्षर नभएकाले पूर्वनिर्धारित योजना अलि पछिसरेको जिल्ला समन्वय समितिका प्रमुख केसीले बताए ।

यसैबीच रोशी गाउँपालिकाले यहि बुधबारभित्र साक्षरता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । पालिकाले १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रलाई साक्षरता विवरण पठाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : २०७६, १३ माघ सोमबार  ६ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने