२०८१, १२ श्रावण शनिबार

नेकपाले सदस्यलाई भन्यो मितव्ययी बन्नु, तँ नभन्नु, पारिवारिक बैठक र सहभोज गर्नु

नेकपाले सदस्यलाई भन्यो मितव्ययी बन्नु, तँ नभन्नु, पारिवारिक बैठक र सहभोज गर्नु


काभ्रे, ७ माघ । नेपाल कम्युनिष्ट पार्टीले पार्टी सदस्यहरूका लागि ११ बुदे आचार संहिता निर्माण गरी सर्कुलर जारी गरेको छ। ११ बुँदे आचारसंहितामा पार्टी सदस्यहरूले कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के गर्ने र के नगर्ने भन्ने विषयमा पार्टी सदस्यहरुलाई सजग गराउन खोजिएको छ ।

संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि मुलुकभरका पार्टीपंक्तीमा जारी गरेको छ ।

संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ । जसमा आफ्ना कार्यकर्ताले कसैलाई तँ भन्न पूर्ण रूपले बन्देज लगाएको छ । सर्कुलर अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा जारी गरेका हुन् । सर्कुलरमा नेता–कार्यकर्ताले परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने र कोही कसैलाई पनि हेलाहोचो हुनेगरी प्रस्तुत हुन बन्देज लगाइएको छ । ‘तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा उल्लेख छ । पार्टी सदस्यहरूलाई बेला–बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनुपर्ने उल्लेख गर्दै आत्मअनुशासनमा रहन भनिएको छ ।

‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ,’ नेकपाले जारी गरेको आचारसंहितामा भनिएको छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ ।’ सोही बुँदामा छोराछोरीको बिहे, चाडपर्व र अन्य कामका लागि मितव्ययी बनाउनु पर्ने पनि उल्लेख छ । परिवारमा गाली गलौज, झगडा, भेदभाव र छुवाछुत पूर्ण रुपले अन्त्य गर्न पनि निर्देशित गरिएको छ ।

घर बाहिर र घरभित्र पनि महिलाहरुलाई सम्मान गर्नुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नी जस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्रै सीमित गर्नुपर्ने सर्कुलरले निर्देशित गरेको छ । नेकपाले सामुहिक जीवन प्रणाली कायम गर्न उत्पादनमा सामुहिकता, वितरणमा सामुहिकता र उपभोगमा पनि सामुहिकता कायम गर्न प्रत्येक महिनाको एकपटक वनभोज जानुपर्ने सर्कुलरमा उल्लेख छ । वनभोजमा गाउँ टोल र परिवारजनका सबै सहभागी भएर सहभोग गरी सामुहिक भागना जागृत गर्नुपर्दछ तर त्यस्ता भोजहरुमा पद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न भने प्रतिवन्ध लगाउनु पर्छ ।

पार्टी सदस्यहरुले श्रमप्रति आस्था र श्रमजीवीको सम्मान तथा जुनसुकै प्रकारको पनि श्रमिक बन्न तयार हुनुपर्छ । संहिताको १ नम्बर बुँदामा नै पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन पनि भनिएको छ ।

नेकपाले पार्टीपंक्तिलाई सादा जीवन र उच्च विचारका साथ जीवन जीउन निर्देशित गरेको छ । पार्टी सदस्यहरुले आफू स्वयं मात्रै नभई परिवार, गाउँटोल, सहरबजथार, स्कूल, कलेज, सबै ठाउँ र संस्थानहरुमा यसकिसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छ । र, आफ्नो जीवनलाई सधैं जनताको बीचमा खुल्ला कितावजैतै राख्न प्रयत्न गर्नुपर्छ । उद्योग व्यवसाय सञ्चालन गर्दा पनि सकेसम्म सामुहिक रुपमा गर्नुपर्छ ।

समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन पनि संहितामा सदस्यहरूलाई भनिएको छ । घरेलु श्रमिक नराख्न, पाँचवर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउन समेत नेकपाले भनेको छ । नेता कार्यकर्तालाई प्रचलित कानुनको निःशर्त पालना गर्न पनि निर्देशित गरेको छ । त्यसैगरी ऋण सापटी, र आर्थिक लेनदेनमा विचार पु¥याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिशन, करछली, अनियमितता जस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गरी नेकपाका नेता कार्यकर्ताहरु नमूना बन्नुपर्ने सर्कुलरमा उल्लेख गरिएको छ ।

पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिताको पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य भएको उल्लेख गर्दै नेकपाले सर्कुलरलाई नमान्ने नेता तथा कार्यकर्ताहरु कानुनअनुसार र पार्टी अनुशासन बमोजिम कारबाहीमा पर्ने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ४ : ३४ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय