२०८०, १६ चैत्र शुक्रबार

प्रदेश ३ को स्थायी राजधानी : गल्ती गर्ने काँग्रेस, दोष पाउने कम्युनिष्ट

प्रदेश ३ को स्थायी राजधानी : गल्ती गर्ने काँग्रेस, दोष पाउने कम्युनिष्ट


धुलिखेल, २९ पुसः प्रदेश तीनको स्थायी राजधानीका विषयलाई लिएर अहिले खास गरी काभ्रेका सांसदहरुप्रति सामाजिक सञ्जालमार्फत तीब्र आक्रोस पोखिएका छन् । काभ्रेका सांसदहरुले आफ्नै जिल्लालाई राजधानी बनाउने प्रस्तावमा तटस्थ बसेर हेटौंडाको पक्षमा भने मतदान गरेकाले उनीहरुमाथि यस्तो आक्रोश व्यक्त भएको हो । उनीहरुले विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले समर्थन जनाएको हेटौंडाको पक्षमा आ–आफ्नो मत जाहेर गरेका थिए । उनीहरुमाथि व्यक्त गरिएका कतिपय आक्रोस स्वाभाविक होलान् तर कतिपय चाँहि आक्षेपबाट ग्रसित छन् । तर सामाजिक सञ्जालमा यसरी आक्षेप लगाइ रहँदा केही कुरा भने पक्कै पनि बुझ्न जरुरी छ ।

नेपाली जनमानसमा एउटा उखान निकै प्रचलित छ । ‘धान खाने मुसा, चोट पाउने भ्याकुतो ।’ अहिले काभ्रेमा ठीक त्यस्तै भइरहेको छ, प्रदेश तीनको स्थायी राजधानीको विषयलाई लिएर ।

२०७४ साल माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले सातवटा प्रदेशको अस्थायी राजधानी तोकेको थियो । जतिबेला सरकारको नेतृत्व नेपाली काँग्रेसले गरेको थियो । प्रधानमन्त्री थिए, पार्टी सभापति शेर बहादुर देउवा । उनै देउवाले प्रदेश तीन (हाल बागमती) को अस्थायी राजधानी मकवानपुरको हेटौँडा तोक्ने निर्णय गरेका थिए ।

काभ्रे उपयुक्त विकल्प हुदाँहुदैँ पनि त्यो बेला सरकारमा रहेका राप्रपाका अध्यक्ष कमल थापा र देउवा निकट मानिने काँग्रेस नेता इन्द्र बानियाँको जोडबलमा अस्थायी राजधानी हेटौँडा तोकियो । संघ र प्रदेश निर्वाचनको मिती तोकियो । सांसदहरु चुनावमा होमिए । काभ्रे सहित सिन्धुपाल्चोक दोलखा, रामेछाप, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा लगायत जिल्लाका उम्मेदवारहरुले उपयुक्त स्थानमा राजधानी सार्ने मुख्य एजेण्डा बनाए ।

यसरी एजेण्डा बनाउनेमा कम्युनिष्ट मात्रै होइन काग्रेँसका उम्मेदवार पनि थिए । तर धेरै ठाउँमा कम्युनिष्टका उम्मेवादर विजयी भए । पार्टी एकता भएकाले पनि हुनसक्छ । प्रदेश सांसदहरुले हेटौँडा नै पुगेर सथप खाए । काभ्रेली सांसदहरुले पनि हरेक आमसभामा प्रदेश तीनको राजधानी काभ्रे ल्याएरै छोड्ने उद्घोष गरेको कुरालाई बिर्सन मिल्दैन । चाहे काँग्रेसका उम्मेदवार हुन वा कम्युनिष्टका ।

४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काभ्रेबाट कम्युनिष्ट पार्टीकै उम्मेदवार विजयी भए । सांसद चन्द्र लामाले २०७४ साल चैत १४ गते प्रदेशसभा सचिवालयमा लक्ष्मण लम्साल, रत्न ढकाल र बसुन्धरा हुगामाईको समर्थनमा काभ्रेको पक्षमा प्रस्ताव पनि दर्ता गराए । तर त्यो बेला स्थायी राजधानी र नामको विषयले सदनमा प्रवेश नै पाएन ।

जबजब हेटौँडामा स्थायी राजधानी र नामको कुरा उट्थ्यो । काभ्रे पहिलो नम्बरमै पर्ने गथ्र्यो । काभ्रेबाट निर्वाचित सांसदहरुले पहल गरेको कुरालाई नकार्न मिल्दैन । पार्टीको प्रदेश संसदीय दलमा फरक मत राखेर बहादुरता देखाएकै हुन् । सदनमा काभ्रेको धुलिखेल हुनुपर्छ भन्ने विवेकशील पार्टीले दर्ता गरेको प्रस्तावमा काभ्रेबाट प्रत्यक्ष निर्वाचित सांसदहरुले मतदान गरेनन् । तर हेटौँडाको पक्षमा भने मतदान गरे । तर कुरा के हो भने जति पहल गरे पनि परिणाम देखिएन भने त्यसले अर्थ राख्दैँन । यसले पनि सामाजिक सञ्जाल ततायो । दुई/तिहाई मतले स्थायी राजधानी र नामको विषय टुंग्याइसकेको छ ।

त्यसैले त्यो बेला नेपाली काँग्रेसले गरेको गल्तीको भागिदार अहिले कम्युनिष्ट पार्टीका सांसदहरु बनिरहेका छन् । काँग्रेसलाई लाग्दो हो कि अर्को चुनावमा यही मुद्दा प्रमुख बन्नेछ । तर के काँग्रेस काभ्रेको चाँहि दायित्व होइन ? काभ्रेलाई प्रदेशको स्थायी राजधानी बनाउन पहल गर्नु पर्दैन ? निर्वाचन पछि काभ्रे काँग्रेसले स्थायी राजधानीका लागि के गर्यौ ? त्यसको पनि त हिसाब राख्नाल नि मतदाताले ? यसरी हेर्दा काँग्रेस काभ्रे पनि इन्द्र बानियाँको सति लागेको देखिन्छ ? भलै कम्युनिष्टका सांसदहरुको पहलले सार्थकता पाउन सकेन । तर यो बीच काँग्रेसको भूमिका पनि काभ्रेका पक्षमा देखिदैँन । अहिले जति कम्युनिष्टका सांसदहरु माथि दोष लागिरहेको छ, काग्रेँस यसबाट पन्छिने कुनै ठाउँ नै छैन । अनि अहिले सामाजिक सञ्जालमा तथानाम गालि गलोज गर्नेहरुले पनि प्रदेशको नाम र स्थायी राजधानी हुनुअघि के चाँहि गर्यौ भनेर सोच्ने पो हो कि ?

हामीले यसअघि पनि कर्णाली प्रदेश र गण्डकी  प्रदेशको राजधानीलाई पनि नजिर मान्ने हो भने के बुझ्न जरुरी छ भने पहिला जहाँ जहाँ अस्थायी तोकियो त्यहि ठाउँमा स्थायी राजधानी बनेका छन ।

कर्णालीको अस्थायी केन्द्र सुर्खेत थियो स्थायी पनि त्यहि । गण्डकीको पोखरा अस्थायी तोकियो अहिले स्थायी पनि त्यहि छ ।  अब तोकिन बाँकी प्रदेश १ को विराटनगर, २ को जनकपुर र ५ को रुपन्देही पनि त्यहि ठाउँबाट अन्यत्र सर्ने अवस्था देखिदैँन ।

प्रकाशित मिति : २०७६, २९ पुस मंगलबार  ४ : १९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय