२०८०, १७ आश्विन बुधबार

काभ्रेको द्धारपालेश्वर माविमा चोरीको विद्यूत, ठूलो परिमाण सामग्री बरामद

काभ्रेको द्धारपालेश्वर माविमा चोरीको विद्यूत, ठूलो परिमाण सामग्री बरामद


रवि धिताल, धुलिखेल, १५ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ मा रहेको द्धारपालेश्वर माविबाट नेपाल विद्यूत प्राविधिकले ठूलो परिमाणमा सामग्री बरामद गरेको छ ।

विद्यूत चोरी गरी सञ्चालन भइरहेका सामग्री बरामद गरिएको नेपाल विद्यूत प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १५ वटा कम्प्युटर, वेल्डिङ मेसिन १ थान, ड्रील मेसिन १ थान, ग्रेन्डर मेसिन १ थान, फोटो कपी मेसिन १ थान, मिटर बक्स १ थान र १५ वटा बल्ब नियन्त्रणमा लिइएको हो ।

वितरण केन्द्रले विद्यूत चुहावट नियन्त्रण गर्न जिल्लाको विभिन्न ठाउँमा छड्के जाँच अभियान चलाइरहेको केन्द्रका प्रमूख रञ्जन राज गुरुङले जानकारी दिए । विद्यालयमा बन्दै गरेको नयाँ भवनमा समेत डाइरेक्ट लाइनबाट हुकिङ गरी चोरीकै विद्यूत मार्फत काम भइरहेको थियो ।

विद्यालयमा विद्यूत मिटर जडान गरेपनि मिटरको युनिट नबढ्ने गरी चोरी गरी कम्प्युटर लगायतका विद्यूतीय सामग्री चलाइरहेको सुचनाको आधारमा गएको टोलीले सामान बरामद गरेको केन्द्रका सुचना अधिकृत अशोक लोहनीले बताए ।

बरामद गरिएको कम्प्युटर लगायतका सामान भने विद्यालयमै सिल गरेर राखिएको छ । मिटर बक्स, वेल्डिङ मेसिन, ड्रील मेसिन, ग्रेन्डर मेसिन लगायतका सामान भने बनेपा ल्याएको सुचना अधिकृत लोहनीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १५ पुस मंगलबार  ७ : १४ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू