२०८०, ५ आश्विन शुक्रबार

धुलिखेलमा इन्सेकको सुशासन सम्बन्धी अन्तर्क्रिया

धुलिखेलमा इन्सेकको सुशासन सम्बन्धी अन्तर्क्रिया


धुलिखेल, १३ पुसः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज काभ्रेको धुलिखेलमा विकासका लागि नागरिक समाज र सञ्चारकर्मीहरुबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले पारदर्शीता र जवाफदेहीताका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव के.सी.ले घरमै सुविधा पु¥याउने जनताको तीब्र चाहनाले विपत्ति र ठूला दुर्घटना निम्त्याएको बताए । उनले चेतना र रोजगारी सिर्जना हुनसक्ने विकास कति भएका छन् ? विनियोजन गरिएको बजेट खर्च कति भयो या भएन भन्ने विषयमा चासो राख्नु पर्ने बताउँदै भने, ‘हाम्रो विकासले तल्लो तहका समुदायले कति लाभ लिन पाएका छन् त्यसको लेखाजोखा हुनुपर्छ ।’

उक्त अवसरमा अध्यक्ष के.सी.ले विगतमा हामीबाट विरोध गर्ने र असुन्तुष्टी मात्रै व्यक्त गर्ने बानी परेकाले कतिपय राम्रा कामहरुले प्रचार नपाएको जसले गर्दा व्यवस्थाप्रति नै असुन्ष्टी बढ्दै गएको बताउँदै भने– ‘हामीले प्राप्त उपलब्धीहरुको प्रचार गरी व्यवस्थाप्रति पनि आशा जगाउनुपर्छ, तयसले नै शान्ति कायम गर्न सकिन्छ । हामीले सरकारलाई लघारेको लघारेकै गर्ने र सरकार पनि देख्छन् कि भनेर लुकाउने र भाग्ने मात्रै गर्दा त्यहाँ पारदर्शीता र जवाफदेहीता नभएपछि व्यवस्थाप्रति नै वितृष्णा आएर संकट निम्तिन्छ ।’

कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामाले विगतमा मिडिया, सरकार र सामाजिक संघ÷संस्थाहरुको बीचमा आरोप/प्रत्यारोप चल्ने गरेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले भने, सबैको अधिकार रक्षाका लागि सबै मिलेर जानुको विकल्प छैन, अगल अलग भएर हामी अधिकारको रक्षा गर्न सक्दैनौं ।’ हामीले देशको विकास र समृद्धिमा कसरी साझेदारी गरी समृद्धि दिन सक्दछौं ? भन्ने विषयमा गैसस महासंघले सबै प्रदेशमा छलफल गरिरहेको नागरिक समाज सरकारको एसम्यान मात्रै हुन नहुने बताए ।

विकास र समृद्धिका लागि सबै तहका सरकार र नागरिक समाज मिलेर जानुपर्ने औंल्याउँदै उनले अन्य देशकोभन्दा नेपालको नागरिक समाजको ईतिहास भिन्न भएको बताए । नेपालको नागरिक समाजले नराम्रो कामलाई राम्रो भन्ने गरेको छैन, उनले भने, ‘संघ÷संस्थाका दर्ता र नवीकरणमा समस्या सिर्जना गर्न खोजिएको छ । कम्पनीतिर घचेट्न खोजिएको छ । सरकारले नागरिकको अधिकार खोस्ने काम नगरोस । संविधानको मौलिक हकमा नै उल्लेख भएको कुरा अभिव्यक्ति स्वतन्त्रता र संगठन गर्न पाउने अधिकारमाथि अंकुश लगाउने प्रयास भएका छन् । यस्तो भयो भने सरकारको अन्तर्राष्ट्रिय स्तरमा छवी गिर्छ ।’ उनले राष्ट्रिय गौरवका आयोजना भन्दै मानवीय विकास र जनताको जिविकोपार्जनलाई महत्व नदिइएको पनि उल्लेख गर्दै देशको गरिवी निवारसँग विकासलाई जोड्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल वार एशोसियशन काभ्रेका सचिव मधुसुदन वाग्ले, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला समन्वय समिति काभ्रेकी उप प्रमुख मञ्जु गौतम, सञ्चारर्की यदुनाथ देउपुरे, रमा दाहाल, गुणराज मोक्तान, युवा परिषदका विपिन लामा, ट्रान्सपरेन्सी इन्टरनेश्नलकी गंगा लगायतले जिल्लामा पारदर्शीता र जवाफदेहीता नभएको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७६, १३ पुस आईतबार  ३ : १९ बजे

आज देशभर बर्षाको सम्भावना, कोशी, मधेस र गण्डकी प्रदेशमा ठूलो वर्षा र चट्याङ्ग

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ