२०८१, २५ बैशाख मंगलबार

पनौतीमा दुईवटा विद्यालय हस्तान्तरण

पनौतीमा दुईवटा विद्यालय हस्तान्तरण


धुलिखेल, ११ पुसः काभ्रेको पनौती नगरपालिकामा दुईवटा विद्यालय हस्तान्तरण गरिएको छ । वडा नम्बर ४ मा रहेको बालोद्धार माध्यमिक विद्यालयको नयाँ भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । आठ कोठाको पक्की भवन करीब चौरासी लाखमा निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष बुद्धि सिं थापाले जानकारी दिए ।

त्यसैगरी, वडा नम्बर ५ मा रहेको धनेश्वर कैलाश प्राथमिक विद्यालयको भवन पनि हस्तान्तरण गरिएको छ । दुई कोठे पक्की भवन निर्माण पूरा भएपछि विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । बन्द रहेको यो विद्यालय नगपालिकाको पहलमा पुनःसञ्चालनमा ल्याएको हो । ‘हामी निर्वाचित भएर आउनु अगाबै विभिन्न कारणले यो विद्यालय बन्द थियो, नगरप्रमूख भिम प्रसाद न्यौपानेले भने ‘त्यसपछि अभिभावक सहितको पटक पटकको छलफलले विद्यालय सञ्चालनमा ल्याउन सफल भयौैै, अहिले नयाँ भवन पनि थपिएको छ, बालबालिकाको पठनपाठनमा यसले थप सहज बनाइदिएको छ ।’

यी दुबै भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा)ले निर्माण गरेको छ । हस्तान्तरण कार्यक्रममा संविधानसभाका सभासद रामहरि सुवेदी, प्रदेश सांसद बसुन्धरा हुमागाई, नगरप्रमूख भिम प्रसाद न्यौपाने, जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) का प्रमूख द्धारिका प्रसाद पोख्ररेल लगाएत पुगेका थिए ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  ६ : ५४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने