२०८०, १६ आश्विन मंगलबार

यस्तो देखियो सूर्यग्रहण

यस्तो देखियो सूर्यग्रहण


काठमाडौँ – पौष कृष्ण औँसीका दिन बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण बिहान १०ः०१ बजे मध्य एकको हो। ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।

यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा सबैभन्दा लामो समय देखिने छ । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रकाट यो ग्रहण देख्न सकिने छ ।
समाचार संस्था एएफपीका लागि यी आङ तुले खिचेको तस्बिरमा सूर्यग्रहण स्पष्ट देखिएको छ ।

सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले विशेष रहेको छ । तुले खिचेको तस्बिरमा पनि रिङ्ग अफ फायर देखिएको छ । यसपछि सन् २०२० को जुन २१ मा सूर्य ग्रहण लाग्ने छ । सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थियो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  १० : ३१ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका