२०८०, १७ आश्विन बुधबार

आजको सूर्यग्रहण किन खास छ?

आजको सूर्यग्रहण किन खास छ?


काठमाडौँ, १० पुस: पौष कृष्ण औँसीका दिन बिहीबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने छ भने बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।

यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहढाको तुलनामा सबैभन्दा लामो समय देखिने छ । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ । नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रकाट यो ग्रहण देख्न सकिने छ ।

सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थिो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो । सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले विशेष रहेको छ ।यसपछि सन् २०२० को जुन २१ मा सूर्य ग्रहण लाग्ने छ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ९ : ५३ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू