२०८०, ३० चैत्र शुक्रबार

क्रिसमस पर्व र यसको महत्व

क्रिसमस पर्व र यसको महत्व


काठमाण्डौ, ९ पुस: बुधबार देशभरका ईसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । ईसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको देख्न सकिन्छ ।

क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तो हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्ता क्लज र अरु पनि त्यस्ता परम्पराहरु क्रिसमससँग जोडिएर आउने पर्वहरु हुन् । तिनै पर्वहरुको महत्व र सुरुवातको विषयमा हामीले सामान्य जानकारी दिने प्रयास गरेका छौं ।

क्रिसमसको विषयमा मिस्र र रोमका मानिसहरुको मत

मिस्र र रोमको पुरानो सभ्यतासँग सम्बद्ध व्यक्तिहरू हरियो बोटबिरुवा र रूखहरूद्वारा घरहरू सजाउँथे, जुन वर्षभर हरियो हुन्छ । उनीहरुको विश्वास थियो कि त्यसो गर्नाले सो घरमा बोक्सीहरुको कुनै असर पर्दैन । दुष्टात्मा, भूत र रोगहरू टाढा भाग्छन् । पुरातन इजिप्ट र रोमका मानिसहरू सदावहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैं हरियो हुने बिरुवा राख्न सुरु भयो ।

क्रिसमसको विशेष पहिरन सम्बन्धी व्यवस्था

जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ को आसपासबाट सुरु भएको मानिन्छ । जर्मनीको सेन्ट बोनिफेसले केही दुष्ट व्यक्तिले एउटा विशाल रुख मुनि बच्चाको बलि चढाउने गरेको कुरा थाहा पाए । सेन्ट बोनिफेसले बच्चालाई बचाउनको लागि भनेर त्यो रुख नै काटिदिए । तर, सोही रुखको नजिकै अर्को एउटा रुख बढ्न सुरु भयो । सेन्ट बोनिफेसले मानिसहरूलाई यो एउटा पवित्र रूख हो भन्दै प्रचार गर्न सुरु गरे । उनले रूखका हाँगाहरू स्वर्गतिर फर्किएको भन्दै भगवानसँग रुखको तुलना गरे । यसले रूखको बारेमा व्यक्तिहरूको दिमागमा धेरै आदर उत्पन्न गराउँदै लग्यो ।

मार्टिन लुथरसँग जोडिएको कथा

मानिसहरूले यसलाई १६ औं शताब्दीका महान् ईसाई सुधारक मार्टिन लूथरसँग पनि जोेड्ने गरिन्छ । तर, यो प्रमाणित छैन । यस कथा अनुसार सन् १५०० तिर क्रिसमसको पूर्वसन्धामा उनी एउटा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए । बाटामा उनले हिउँले चम्किरहेको एउटा रूख देखे । रूखका हाँगाहरू हिउँले भरिएका थिए र चन्द्रमामा चम्किरहेका थिए । त्यसबाट प्रभावित भएका उनी जब घर आए । उनले आफ्नो घरमा सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्तीहरु पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानको लागि तयार पारेका थिए । त्यस समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको हो ।

क्रिसमस रुख सजाउन कहिलेदेखि भयो सुरु ?

प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । भिक्टोरिया कालमा यी रूखहरूसँगै मैनबत्ती केक आदि रुखमा नै राख्ने गरियो । यो विश्वास गरिन्छ कि जब प्रभु येशूको जन्म भएको थियो । सो समयमा उनका बाबुआमाहरु मरियम र युसुफलाई बधाई दिनको लागि स्वर्गका प्रतिनिधिहरू पनि आएका थिए । सो अवसरमा उनीहरुले एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाएका थिए । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । त्यही समयदेखि जसको घरमा यी रुखहरु लगाइन्छ उनीहरुको घरमा खुशीको बहार छाउने ईसाईहरुको विश्वास छ ।

बच्चाको दीर्घायुको विश्वास

मान्यता यो पनि छ कि क्रिसमस ट्मिा मैनबत्ती बाल्ने चलन १७ औं शताब्दीदेखि सुरु भएको हो । प्राचीन कालमा क्रिसमस ट्रीलाई जीवनको प्रतिक मान्ने गरिन्थ्यो । यो जीवनको निरन्तरता दर्शाउने प्रतिकको रुपमा पनि मान्ने गरिएको छ । त्यसकारण पनि यस दिन क्रिसमस ट्री घरमा सजाउँदा त्यसले बच्चाहरुको उमेर लामो हुने उल्लेख गरिन्छ ।

घरमा आउँछ सकारात्मक उर्जा

बास्तुको आधारमा पनि क्रिसमस ट्री जस्तै आकारको रुखहरु राख्दा त्यसले घरमा सकारात्मक उर्जाको विकास गराउँछ भन्ने मान्यता छ । त्रिकोणात्मक रुपमा तयार पारिएको त्यस्ता रुखहरु पञ्च महाभूत मध्येको अग्निको प्रतिक मान्ने गरिन्छ । यसकारण यसलाई सजाउँदा घरबाट नकारात्मक इनर्जीको सञ्चार हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७६, ९ पुस बुधबार  ११ : १४ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता