२०८०, १७ आश्विन बुधबार

बेथानचोक गाउँपालिकाले सुरु गर्‍यो सामुदायिक विद्यालयको अनुगमन

बेथानचोक गाउँपालिकाले सुरु गर्‍यो सामुदायिक विद्यालयको अनुगमन


धुलिखेल ६ पुस, काभ्रेको बेथानचोक गाउँपालिकाले सामुदायिक विद्यालयको अनुगमन सुरु गरेको छ । पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिना आफै आइतबार देखि विद्यालयको अनुगमनमा हिड्नु भएको छ ।

शिक्षक दरबन्दी मिलानका लागि विद्यालयको अनुगमन सुरु गरिएको हो । अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेको अनुगमन टोलीमा पालिकाको शिक्षा शाखा, शिक्षा क्षेत्रका विज्ञ र जनप्रतिनिधि सहभागी छन । ६ वटा वडा रहेको पालिकाभित्र ३० वटा सामुदायिक विद्यालय छन् । ‘अहिले हामी पालिकाको समग्र शैक्षिक गुणस्तर सुधार्ने गरी लागि परेका छौ, पालिका अध्यक्ष तिमिल्सिनाले भने ‘कुन विद्यालयको अवस्था कस्तो भन्ने कुराको सम्बन्धित ठाउँमा नपुगी अरुले भनेको भरमा मात्रै काम गर्दा पछि समस्या आउन सक्छ, दरबन्दी मिलानको अर्थ बालबालिकालाई टाढा हिडाउनुपर्ने त होइन ।’

बालबालिकाको संख्या र शिक्षकको संख्या बीच तालमेल नहुदाँ पठनपाठनमा समस्या भइरहेको भन्दै स्थलगत अनुगमन सुरु गरिएको र छिट्टै दरबन्दी मिलानको काम हुने अध्यक्ष तिमिल्सिनाले बताए ।

बेथानचोक गाउँपालिकाभित्र रहेका माध्यामिक र आधारभूत विद्यालयमा शिक्षक दरबन्दी संख्या निकै कम रहेको तिमिल्सिनाले बताए । ‘पहिले पालिकामा विद्यार्थी संख्या र शिक्षकको संख्या बीच तालमेल मिलिरहेको छैन, त्यसलाई मिलाउन आवश्यक छ, उनले भने ‘अनुगमनका क्रममा शैक्षिक क्षेत्रमा देखिएको अन्य समस्या पनि समाधानका लागि हामी योजना बनाउँछौ, कार्यान्वयनमा ल्याउँछौ ।
अनुगमन टोलीले शिक्षक, विद्यार्थी, अभिभावकलाई समेत भेटेर अहिले भइरहेको समस्या, दरबन्दी मिलान गर्दा आइपर्ने चुनौती र समाधानका बारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २०७६, ६ पुस आईतबार  १२ : १७ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू