२०८०, १७ आश्विन बुधबार

धुलिखेल नगरपालिकाको भ्रमण वर्ष लक्षित कार्यक्रमः हरेक हप्ताको तीन दिन खाना महोत्सव

धुलिखेल नगरपालिकाको भ्रमण वर्ष लक्षित कार्यक्रमः हरेक हप्ताको तीन दिन खाना महोत्सव


रवि धिताल/ ४ पुसः काभ्रेको धुलिखेल नगपालिकाले भ्रमण वर्ष २०२० मा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाले भ्रमण २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेको हो ।

नगरप्रमूख अशोक कुमार ब्याञ्जुले सरोकारवाला पक्षसँग नगरपालिकाले गर्ने कार्यक्रम प्रस्तुत गर्दै भ्रमण वर्ष विशेष उल्लासका साथ मनाउने बताए । ‘हामीले धुलिखेलमा धेरै भन्दा धेरै पर्यटक ल्याउने र आएका पर्यटकको पनि बसाई लम्ब्याउने गरी योजनावद्ध ढंगले अघि बढेका छौ, ब्याञ्जुले भने ‘यसमा आ आफ्नो ठाउँबाट गर्न सक्ने योगदान गरौँ, धुलिखेलको संस्कृति, रहनसहन विश्वासामु पुर्याउन हामी सबैले हातेमाला गर्न जरुरी छ ।’

नगरपालिकाले पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको धुलिखेलस्ति पुरानो संरचना मर्मतसम्भार गर्ने देखि नयाँ पार्क बनाउनेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । धुलिखेलको पुरानो बसपार्कमा हरेक हप्ताको तीन दिन खाना महोत्सव सहितको स्थानीय कला संस्कृतिको प्रर्शन गरिनेछ ।

अरनिको र बीपी राजमार्गमा थप १० वटा नयाँ पार्क निर्माण गरिनेछ । शौचालय सहितको नयाँ पार्क बन्न लागेको हो । भ्रमण वर्ष अवधिभर हरेक महिना नगरपालिकाले ठूल ठूलो कार्यक्रमहरु गर्नेछ । अहिले नगरपालिकाले १२ वटै वडाहरुमा पार्क निर्माण गरिहेको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विशेष कार्यक्रम गर्छौँ, नगरप्रमूख ब्याञ्जुले भने ‘यस्ता कार्यक्रमले संस्कृतिको विकाससँगै स्थानीयको आयआर्जनमा समेत ठूलो टेवा पुग्ने छ ।

पर्यटक सुुचना बोर्ड मार्फत धुलिखेलको बारे जानकारी गराइने छ । सरसफाईलाई पहिलो प्राथमिकतामा राख्र्दै साँस्कृतिक र धार्मिक कार्यक्रमलाई विशेष बनाइने प्रमूख ब्याञ्जुले बताए । शुक्रबारको छलफलमा जनप्रतिनिधि, उद्योगी, ब्यवसायी, नगरपालिकाभित्रका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए । उनीहरुले नगरपालिकाले सार्वजनिक गरेको कार्यक्रमको प्रशंसा गर्दै स्थानीय कला, साँस्कृतिको प्रवद्र्धनमा जोड दिने आग्रह गरे ।

प्रकाशित मिति : २०७६, ४ पुस शुक्रबार  ६ : ३२ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू