२०८०, १७ आश्विन बुधबार

सोमबारको व्रत किन बस्ने ?

सोमबारको व्रत किन बस्ने ?


काठमाडौं, मंसिर ३० : हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ । अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् । पहिलो कथा-एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो-एक धनी व्यापारीको छ । जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो ।

कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ । व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे । यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ७ : १४ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू