२०८०, १७ आश्विन बुधबार

अधिकृतको कमाइ साढे दश करोड!

अधिकृतको कमाइ साढे दश करोड!


काठमाडौं, मंसिर ३० : लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान्? एक करोड, डेढ करोड वा दुई करोड? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन्। तातोपानी भन्सार कार्यालय (सिन्धुपाल्चोक)का प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ कमाएका हुन्।

बस्नेतले तलबभत्ता, टिडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रकम कमाएका भने होइनन्। उनको वैध आम्दानी पौने दुई करोड रुपैयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रूपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ। बस्नेतले भन्सार अधिकृतको रूपमा काम गर्दा विदेशबाट नेपाल आयात गर्ने सामानहरूका भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ व्यवसायी एवं भन्सार एजेन्टसँग गैरकानुनी रूपमा घुस लिएर अकुत सम्पत्ति कमाएको छानबिनबाट खुलेको अख्तियारले जनाएको समाचार नागरिक दैनिकमा छ।

भोजपुर षडानन्द नगरपालिका–११ स्थायी घर भएका बस्नेत अहिले काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्छन्। २०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका बस्नेतको २०७६ असार मसान्तसम्मका वैध आम्दानी एक करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ मात्र देखिएको छ। उनले अन्य रकम भ्रष्टाचार गरेर कमाएको अख्तियारको छानबिनबाट देखिएको छ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ७ : ०५ बजे

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ