२०८०, १७ आश्विन बुधबार

भालुको आक्रमणमा आठ घाइते

भालुको आक्रमणमा आठ घाइते


रसुवा, २९ मङ्सिर :चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म भालुको आक्रमणमा परी घाइते भएका स्थानीयवासीको नाम सार्वजनिक भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार भालुको आक्रमणबाट घाइते हुनेमा हालसम्म दुई सुरक्षाकर्मीसहित आठ पुगेका छन् ।

यसरी घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका सहायक प्रहरी हवल्दार वीरबहादुर थिङ एवं प्रहरी जवान किरण तामाङ रहेका र सर्वसाधारणतर्फ नुवाकोटका प्रकाश तामाङ रहेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अन्य घाइतेमा रसुवा नौकुण्ड गाउँपालिका निवासी मेम्मर लोप्चन, आमाछोदिङ्मो गापाका मीन तामाङ, गोसाइँकुण्ड गापा वडा नं ५ का दुप्ले लामा, वडा नं ६ का मोदनाथ घिमिरे र वडा नं ५ का आङबाबु तामाङ रहेका बताइएको छ ।

सरकारी अस्पतालको सिफारीसमा भालुको आक्रमणमा परेका व्यक्तिलाई नियमानुसारको उपचार खर्चसमेत प्रदान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो । उत्तरी रसुवामा भालुको आक्रमणले आतङ्क मच्चाउँदै गएपछि प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ६ : ४८ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू