२०८०, १५ चैत्र बिहीबार

विद्युत् महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा

विद्युत् महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा


भरतपुर, २८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने २७१ ग्राहकलाई कालोसूचीमा राखेको हो । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्नेमा साना घरेलु उद्योग र गृहस्थ ग्राहक रहेका छन् । तीमध्ये नारायणी पोलेथिन प्लाष्टिक उद्योगले सबैभन्दा बढी रकम तिर्न बाँकी रहेको केन्द्रका कम्प्युटर सहायक खेमबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सो उद्योगले रु तीन लाख विद्युत् रकम तिर्न बाँकी छ । यस्तै, साना उद्योगहरुमा खाद्य मिल, कुखुरा फार्मको बढी बक्यौता रकम छ ।

प्राधिकरणले कालोसूचीमा रहेकाबाट रु ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट रु तीन लाख ५८ हजार १२० सङ्कलन गरेको गुरुङले जानकारी दिनुभयो । गत आवमा २७५ ग्राहक कालोसूचीमा थिए । प्राधिकरणको नियमावलीअनुसार ६० दिनसम्म पैसा नतिरेका ग्राहकको लाइन काट्ने उल्लेख छ ।

“विद्युत रिडिङ गरेको ४० दिनसम्म महसुल नतिरे २५ प्रतिशत जरिवाना लाग्ने गर्दछ । ६० दिनसम्म नतिरेमा लाइन काट्ने नियममा उल्लेख छ”, उहाँले भन्नुभयो, “हामीले सकेसम्म ग्राहकबाट पैसा उठाउने भनेर कालोसूचीमा राखेका छैनौँ ।” अहिलेसम्म रु १९ करोड ८३ लाख १७ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको गुरुङले बताउनुभयो ।

यस्तै कार्यालयले चालू आवमा समयमा विद्युत् महसुल नतिर्ने ६०८ ग्राहकको लाइन काटेको छ । लाइन काटेकाबाट कार्यालयले रु ९२ लाख ९६ हजार ३८१ राजश्व सङ्कलन गरेको छ । चालू आवको चार महिनामा कार्यालयले रु ७९ करोड ३४ लाख ८९ हजार राजश्व सङ्कलन गरेको हो ।

कार्यालयले घरेलु बत्तीको विद्युत् महसुुल सबैभन्दा धेरै उठाउन बाँकी छ । घरेलु ग्राहकको रु आठ करोड २९ लाख ५५ हजार ४९७ बक्यौता देखिएको छ । उद्योगबाट रु दुई करोड ४९ लाख २० हजार ५८७, सडक बत्तीबाट रु दुई करोड ४० लाख ६७ हजार १५२, सिँचाइको रु एक करोड ४८ लाख ४८ हजार ८५४ विद्युत् महसुल बक्यौता रहेको कार्यालयले जानकारी दिएको छ ।

व्यापारिक प्रयोजनबाट रु एक करोड ७२ लाख २७ हजार, गैरव्यापारीबाट रु एक करोड १८ लाख ६१ हजार ३००, गैरसिँचाइबाट रु ७४ लाख २० हजार, विभिन्न मन्दिरको रु १४ लाख २९ हजार रकम उठ्न बाँकी छ । भरतपुर वितरण केन्द्रमा ८८ हजार ३७ ग्राहक छन् । कात्तिक महिनादेखि भरतपुर वितरण केन्द्रका पाँच हजार ८१५ ग्राहक चनौली वितरण केन्द्रमा गएका छन् ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ९ : ३० बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय