२०८१, २२ आश्विन मंगलबार

५ देखि १० मन्त्री फेरिँदै, फालिने र भित्रिनेमा को-को ?

५ देखि १० मन्त्री फेरिँदै, फालिने र भित्रिनेमा को-को ?


काठमाडौं, ४ मंसिर : मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ? ’ ‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला। चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ। त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला।’ यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ।

‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु। सामान्य हेरफेर हुन्छ। हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले बैठकमा भनेको उधृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद। यसलाई अन्यथा नलिइदिनुहोला।’

त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए, ‘मन्त्रिपरिषद् पुनर्गठनको विषय के हो ? यो हुन्छ कि हुन्न ? हुन्छ भने गरिहाल्नुप-यो, हुँदैन भने पनि हुँदैन भनेर स्पष्ट पार्नुपर्ने भयो। बाहिर मान्छेहरूले मन्त्रीहरू आजका हुन् कि भोलिका भनेर प्रश्न गर्न थालिसकेका छन्। यसले राम्रो सन्देश गएको छैन।’ सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा बैठकमा संकेत गरेको जानकारी दिए। ‘प्रधानमन्त्रीले बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा संकेत गर्नुभएको छ,’ उनले भने।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

त्यसपछि उनले आफ्नो अभिव्यक्तिका कारण विवादमा आएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले कार्यसम्पादन प्रभावकारी देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्री नियुक्तिको तयारी धेरै अगाडिदेखि गर्दै आएका थिए। तर पछिल्लो पटक आफ्नै सचिवालयका केही सल्लाहकार हेरफेर गरेपछि ओलीले क्याबिनेट हेरफेरको तयारी गरेका हुन्।

यस विषयमा उनले नेकपा सचिवालय बैठकबाट समेत सैद्धान्तिक सहमति लिएका थिए। साथै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसँग पनि परामर्श गरेका थिए। नेकपा पार्टी सचिवालय बैठक बुधबार बिहान ९ बजे बालुवाटारमा बस्नेछ। त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने बालुवाटार स्रोतले बतायो। सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र दाहालले त्यसको टुंगो लगाउनेछन् ।

को-को फालिँदैछन् ?
मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ। तर पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन नभएको स्रोतले जनायो। महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने तयारी प्रधानमन्त्रीको छ।

यसका लागि उनले अर्का अध्यक्ष दाहालसँग सहमति लिएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए। ओलीले क्याबिनेट हेरफेर गर्दा दोहोरिने केही बहालवाला मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर गर्न सक्ने स्रोतले बतायो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रकाशित मिति : २०७६, ४ मंसिर बुधबार  ६ : ५० बजे

नवरात्रको छैटौं दिन : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्लपञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज

आजको मौसम अपडेट : केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पालिका अध्यक्ष बराललाई पाइप हस्तान्तरण

सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका

भारतीय स्वामित्वमा रहेको एसजेवीएनबाट एक करोड सहयोग

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा

राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको