२०८१, १२ श्रावण शनिबार

आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की

आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की


काठमाडौं मंसिर ३ : कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन्।

गिरीले आइतबार दिउँसो नक्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए। भेटपछि आलमले हिन्दीमा लेखेका मागपत्र कारागार प्रशासनलाई बुझाएका छन्। स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ।

मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएको समाचार कान्तिपुर दैनिकमा छ। ‘वो एसपी (भूपेन्द्र खत्री, रौतहट)ने मेर साथ गलत किया, उसका भी बुरा होगा,’आलमले लेखेका छन्। प्रहरीले आलमलाई भेट्न आउनेको विशेष निगरानी राखेको छ।

प्रकाशित मिति : २०७६, ३ मंसिर मंगलबार  ७ : ३२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्